लिस्ने राज्यपोखरी युवा क्लवको वार्षिकोत्सव कानूनमन्त्री कुलप्रसाद केसीद्वारा

लिबाङ रोल्पा
कात्तिक २ गते


लिस्ने राज्यपोखरी युवा क्लव सुनिल स्मृति गाउँपालिका ७ तेबाङको बार्षिकोत्सव कात्तिक ३ गते आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले गर्नु हुने भएको छ ।
वार्षिकोत्सव ३ गते विहान १० बजे नै कार्यक्रम सञ्चालन गर्ने र आयोजकले सम्पूर्ण तयारी गरि सकिएको क्लव परिवारले बताएको छ । मन्त्री केसी शनिबार नै सुलिचौर आई पुगेको मन्त्रीको स्वकीय सचिव पवन कुवरले जानकारी गराउनुभको छ । मन्त्री आउने आउने भएपछि तेबाङबासी खुुुुुुुुुशी भएका छन् । मन्त्री केसी रोल्पा जिल्लाको विभिन सामाजिक कार्यहरुम आतिथ्यताका लागि रोल्पा जिल्लामा आई राख्नुभएको छ । कुलप्रसाद केसी रोल्पा जिल्लाको विभिन्न स्थानमा आउनुले नै जिल्लाको विकासमा योगदान भएको छ ।
क्लवले सबै सहभागिहरु समयमै सहभागि भएर पोशाकवद्ध बनि दिनका लागि अनुरोध गरेको छ ।

You may also like