प्रधानमन्त्री प्रचण्ड भोली रोल्पाको थबाङ हुँदै लिबाङको विशाल जनसभालाई सम्वोधन गर्ने


मानसिंह विश्वकर्मा २३
लिबाङ रोल्पा


प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली रोल्पा आउँदै हुनुहुन्छ । रोल्पालाई केन्द्रीय आधार इलाका बनाएर १० वर्षिय जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्डको तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा रोल्पा जिल्ला आउन लाग्नु भएको हो । जनयुद्धको उद्गम थलो रोल्पाको थबाङका विभिन्न कार्यक्रमसँगै रोल्पा जिल्ला अस्पताल उद्घाटनदेखि टुडिखेलसम्मको जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
जनयुद्धको कुसल नेतृत्व गर्दै शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता प्रचण्ड २०६५ सालमा रोल्पा जिल्लाबाटै निर्वाचित भई रोल्पा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री हुनुभएको थियो । विकासको गति लिन नसकेको रोल्पा प्रचण्ड प्रधानमन्त्री भएपछि गति लिन थालेको थियो । रोल्पा जिल्लाको सडक, विजुली, सञ्चार, स्वास्थ्य, शिक्षा लगाययतको विषयमा छलाङ नै रोल्पाली विकासवादी विश्लेषकहरु बताउँछन् । तर रोल्पा जिल्ला जनयुद्धमा गरेको योगदानको आधारमा अmझै विकास नभएको टिप्पनी समेत गरेका छन् ।
प्रधानमन्त्री तथा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेकपा (माओवादी केन्द्र) ले लिएको जनतासँग विशेष रुपान्तरण अभियान अन्तर्गत सबै केन्द्रीय पदाधीकारी तथा केन्द्रीय सदस्यहरुले एक÷वटा वडा कार्य क्षेत्र लिने निर्णय अन्र्गत रोल्पाको थबाङको वडा नं. १ र २ कार्य क्षेत्र लिएपछि उहाँको इन्चार्जसिपमा गाउँपालिकाका स्तरीय राजनीतिक प्रशिक्षण गर्नु हुनेछ । जनयुद्धको केन्द्रीय आधार इलाकाको रुपमा रहेको रोल्पाको थबाङका शहीद परिवारहरुसँग अन्तरक्रिया गर्नुहुने छ । यस्तै संघीय सरकारबाट बनेको थबाङ खोला पुल उद्घाटन गर्नुहुनेछ । थबाङको सम्पूर्ण कार्यक्रमको तयारी भएको प्रधानन्त्री अध्यक्ष प्रचण्ड आउँदा थबाङबासीमा उत्साहित भएको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगरले बताउनुभएको छ ।
यस्तै रोल्पा जिल्लाको पहिलो पटक निर्माण भएको ५० वेड अस्पतालको उद्घाटन गर्नहुने भएको छ । रोल्पा जिल्ला पनि स्वास्थ्य क्षेत्रमा निकै उदाहरणीय काम नै हो । यस्को सम्पूर्ण तयारी भइसको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीमगरले जानकारी दिनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा हुने रोल्पा जिल्लाको टुडिखेलमा हुने जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । हाल सम्मको जानकारी अनुसार ९ बजे रोल्पाको थबाङमा हेलीबाट ल्याण्ड, ९ देखि १० बजेसम्म पार्टीको कार्यक्रम ११ बजे पुल उद्घाटन, १२ बजे अस्पताल भवन को उद्घाटन, १ बजे जनसभामा सरिक हुने कार्य तालिका रहेको नेकपा (माओवादीका जिल्ला संयोजक जिल्ला संयोजक पूर्ण केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पूर्व मन्त्री तथा संघीय साँसद वर्षमान पुनमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, नेकपा (माओवादी केन्द्र) सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, लुम्बिनी प्रदेशका का.वा. मुख्यमन्त्री धनबहादुर मास्की, पार्टीका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महरा, प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगर, मिना बुढामगर, पार्टीका केन्द्रीय सदस्यहरु रोल्पा आई सक्नु भएको छ ।
प्रधानमन्त्रीको कार्यक्रमलाई व्यवस्थित गर्नका लागि प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे रोल्पाको थबाङ गई सक्नु भएका छ । रोल्पा जिल्लाको सुरक्षाको दृष्टिकोणले तयारी भई सकेको प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।
जनयुद्धमा रोल्पालाई उद्गम थलोको रुपमा विकास गरी क्रान्तिको नेतृत्व गर्नुभएका प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री हुदाँ शुसासन, सामाजिक न्याय र समृद्धिको प्रमुख लक्ष्यसहित अगाडि बढ्नु भएका बेला रोल्पा आगमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

You may also like