रोल्पा उद्योग वाणिज्य संघद्वारा प्रेस विज्ञप्ती

लिबाङ–रोल्पा


नेपाल सरकारले आजदेखि लागू हुने विभिन्न पाँच बुदे उद्योग नीतिको खारेजीको माग गर्दै रोल्पा उद्योग वाणिज्य संघ संघद्वारा प्रेस विज्ञप्ती जारी गरेको छ । जुन नीति खारेजी नहुँदा उद्योग तथा व्यपारीहरु समस्यामा पर्ने भएका छन् ।
रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कुमारचन्दद्वारा हस्ताक्षर विज्ञप्तीमा नेपाल सरकारले समय– समयमा नयाँ नीति, ऐन, कानुन ल्याएर उद्योग व्यवसायीहरुलाई उत्साहित गर्नुभन्दा २०७६ साल असार महिनाको एक गतेबाट लागू हुने अव्यवहारिक, झनझन्टिलो नीती नेपाल सरकारले लिएर आम उद्योगी व्यवसायीहरुलाई समस्यामा पारेको उल्लेख गरिएको छ । रोल्पा उद्योग वाणिज्य संघले ति अव्यवहारिक र झनझन्टिलो नीतिको खारेजीको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

1.व्यवसायीक प्रयोजनका लागि माल सामानहरु ओसार प्रसार गर्दा (Vehicle and Cnsigment Traking Syttem (VCTC) मा विवरण प्रविष्ट गरेर मात्र दुवानी गर्न ग्रामीण तथा पहाडी क्षेत्रका लागि अव्यवहारिक, २. उद्योग व्यवसायमा काम गर्ने कामदारहरुलाई रु एक हजारभन्दा माथिको ज्याला भुक्तानीमा पान नम्बर आवश्यक पर्ने प्रवधान, ३. न्यूनतम आधारभूत खाद्य वस्तुहरुमा लगाइएको मुल्य अभिवृद्धि भ्याट र अग्रीम आय कार, ४. यातायात साधनहरुको ढुवानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट उद्योग व्यवसायी तथा उपभोक्ताहरुमा प्रत्यक्ष वा अप्रत्ये रुपमा असर पर्ने, ५. माथि उल्लेखित व्यवस्था तत्काल खारेजी गरी विगत लामो समयदेखि वाणिज्य कार्यालयमा फर्म नविकरण नभई रहेकोले अविलम्ब व्यवस्थाका लागि प्रेस विज्ञप्ती मार्फत रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले खारेजीको समेत माग गरेको छ ।

You may also like