आर्थिक समृद्धको प्रमुख आधार व्यवसाय होः जि.स.स प्रमुख बुढामगर

\निरन्तरताको निम्ति थप तालिमको आवश्यकता पर्ने उहाँले जोड दिनुभयो । आर्थिक समृद्धको आधार व्यवसायी नै भएको हुँदा अब आधुनिक व्यवसायी बन्नुपर्ने प्रमुख अतिथि बुढामगरले आवश्यकता औल्याउनुभयो । व्यवसायीक तालिममा सहभागिहरुले व्यवसायी सञ्चालन गरेका छ कि छैन त्यसको सम्बन्धित निकायबाट नियमित अनुगमन गर्नुपर्ने सम्बन्धित निकायलाई सुझाव समेत दिनुभयो । तालिममा सहभागिहरुले व्यवसायी सञ्चालन गरेका व्यवसायीहरुलाई व्यवसायी प्रर्वद्धनको निम्ति थप तालिमले व्यवसायी सञ्चालनमा सहजता बन्ने समेत प्रमुख अतिथि बुढामगरले धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पुर्ण के.सी, जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्द, डिमेगा रोल्पाको उपाध्यक्ष गीता आचार्य, जलजला कपडा तथा सिलाई कटाई व्यवसायी महासंघ रोल्पाको अध्यक्ष माहाराम दमाई, घरेलु तथा साना उद्योग महासंघ रोल्पाको सचिव मनबहादुर नेपाली लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । तालिमम दुई महिने दौरा र सिरुवाला, ४५ दिने डराईभिङ तालिम, एक महिनो स्तर उन्नती आरन तालिम, तीन महिने सिलाई कटाई तालिमको प्रशिक्षक, सहभागिहरु लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । घरेलु तथा साना उद्योग विकास समिति रोल्पाको उद्योग अधिकृत बाल कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन निता शर्माले गर्नुभएको थियो ।

You may also like