माडी गाउँपालिका–५ भाबाङका पहिरो पीडीतलाई एकीकृत प्रवासी मञ्चद्वारा आर्थिक सहयोग रकमक हस्तान्तरण

माडी गाउँपालिका–५ भाबाङका पहिरो पीडीतलाई एकीकृत प्रवासी मञ्चद्वारा आर्थिक सहयोग रकमक हस्तान्तरण
असोज २९ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is b1-1024x578.jpg

रोल्पाको माडी गाउँपालिका–५ भाबाङको विभिन्न टोलका पहिरो पीडितका लागि एकीकृत प्रवासी मञ्च भाबाङद्वारा संकलित आर्थिक सहयोग आज वडा स्तरीय दैविक प्रकोप सहयोग संकलन समितिलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । यस सहयोगले पहिरो पीडितहरुको व्यवस्थापनमा समितिलाई सहज बन्ने भएको छ ।
यस वडाबाट वैदेशिक रोजगारीका युवाहरुद्वारा गठित एकीकृत प्रवासी मञ्च भाबाङको कोषाध्यक्ष सन्देश बुढामगरले वडा स्तरीय दैविक प्रकोप सहयोग संकलन समिति संयोजक सविना घर्तीमगरलाई हस्तान्तरण गर्नुभएको थियो । मञ्चद्वारा पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन अभियानबाट रु १ लाख ९० हजार ११२ रुपैया हस्तारण गरेको समितिको संयोजक सविना घर्तीमगरले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is b2-1024x578.jpg

यस मञ्चको आर्थिक संकलन अभियानबाट प्राप्त आर्थिक सहयोगले पहिरो पीडितहरुको व्यवस्थापनमा थप सहज हुने समिति संयोजक घर्तीमगरले बताउनुभयो । विभिन्न देशमा वैदेशिक रोजगारीमा रही सक्दो आर्थिक सहयोग गर्नुहुने सहयोगी मनकारी मनहरुलाई उहाँले समितिको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो । रकम हस्तारणमा वडा अध्यक्ष भरत बहादुर बुढामगर, दैविक प्रकोप सहयोग संकलन समितिको पदाधिकारी, वडा सदस्यहरु, एकीकृत प्रवासी मञ्चको पदाधिकारीहरु लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो ।

You may also like