जलजलबाट आन्तरिक पर्यटक ज्ञानीमाया श्रेष्ठलाई हेलिकप्टर मार्फत उद्वार

जलजलबाट आन्तरिक पर्यटक ज्ञानीमाया श्रेष्ठलाई हेलिकप्टर मार्फत उद्वार


This image has an empty alt attribute; its file name is h2.jpg

जुनिश कुमार विष्ट

१० कार्तिक, पोबाङ ।
आन्तरिक पर्यटक टोलि प्रकृति प्रेमी समूह काठमाण्डौंका एक सदस्य ५५ वर्षीय ज्ञानीमाया श्रेष्ठ जलजलामा क्याम्पदेखि खानाको क्याम्पसम्म पुग्ने क्रममा जुत्ता चिप्लिएर खुट्टा भाँचिएपछि मंगलबार हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

This image has an empty alt attribute; its file name is h7.jpg

रोल्पा जिल्लाको चर्चित गुरिल्ला पद मार्ग अन्तर्गत सहिद नमुना गाउँ जेल्बाङ, जलजलाको बेस क्याम्प ओखरेनी छेडा हुँदै जलजला थबाङ आन्तरिक पर्यटक टोलि प्रकृति प्रेमी समूह काठमाडौंका ५५ वर्षीय ज्ञानीमाया श्रेष्ठलाई जलजलाबाट हेलिकप्टर मार्फत मंगलबार उद्वार गरिएको हो ।

This image has an empty alt attribute; its file name is h3.jpg

उक्त टोलि साताव्यापी आन्तरिक भ्रमण आएको पद यात्रा टोलि प्रकृति प्रेमी समूह काठमाडौंका १५ सदस्यमध्ये श्रेष्ठ जलजलामा आफ्नो क्याम्पदेखि मेश क्याम्पमा जाँदै गर्दा तुसारोमा खुट्टाको जुत्ता चिप्लिएर खुट्टा भाँचिएको ग्रामीण पर्यटक अभियान्ता एवं ट्रेकिङ गाइड पृथ्वी पुनमगरले बताउनुभयो।
जलजलामा तुसारोमा चिप्लिएर खुट्टा भाँचिएपछि समस्यामा रहेका आन्तरिक पर्यटकहरुलाई ट्रेकिङ गाइड तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका–७ जेल्बाङ रोल्पाका अध्यक्ष पृथ्वी पुनमगरले उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोकालाई उद्वारको लागि अनुरोध गरेपछि पोखराबाट सिम्रक एयरलाइन्सको हेलिकप्टरले श्रेष्ठको उद्वार गरिएको हो । श्रेष्ठको उपचार अहिले काठमाडौंमा सामान्य स्थितिमा भई रहेको छ । अस्पतालको रिर्पाेट अनुसार उहाँको खुट्टा भाँचिएको छ । ‘हामीले जलजलामा आएका पर्यटनलाई समयमै उद्वार गरी अस्पतालमा पु¥याउन सफल भयौं’ पुनले भन्नू भयो । प्रकृति प्रेमी समूहको टोलि वर्गद्वारी प्युठान, रोल्पा जेलबाङ जलजला थबाङ हुँदै लिबाङसम्मको यात्रामा निस्केका आन्तरिक पर्यटकहरू कोभिड पछिको पहिलो आन्तरिक पर्यटकको टोलि हो ।

You may also like