गौरवपूर्ण इतिहास प्रहरी संगठनले बचाउनु पर्छः लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुन
कार्तिक १ गते (लिबाङ-राेल्पा)

लुम्बिनी प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको ६५ औं स्थापन दिवस जिल्ला प्रहरी कार्यालय अवसरमा जिल्ला प्रहरी कार्यालय रोल्पाको प्राङ्गणमा हिजाे सम्पन्न भएको छ ।

प्रमुख अतिथि माननीय दिपेन्द्र पुनमगरले अमर प्रहरी स्मारिकामा पूmलमाला र टिकाले अविरल्यापन गर्नुभएको थियो । ‘ठूला–ठूला राज्य व्यवस्था परिवर्तनमा नेपाल प्रहरीले कर्तव्य पालनाको क्रममा अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाइते, अपाङ्ग प्रहरीहरुको सु–स्वास्थ्य दीर्घायुको कामना व्यक्त गर्दछु । २००७ सालमा नेपाली काँग्रेस नेतृत्वमा निर्माण मुक्ति सेनालाई प्रहरिमा संमायोजन भएको आज ६५ वर्षभयो । तर, नेपाली जनताको चाहाना अनुसार व्यवस्था परिवर्तन नभएपछि तत्कालिन ने.क.पा (माओवादि) पार्टिको नेतृत्वमा महान जनयुद्वको जंगमा दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यन्वयको चरणमा छौं’ उहाँलेभन्नभयो । गौरवपूर्ण इतिहास बोकेको प्रहरी संगठन इतिहास कायम हुन्छ कि हुँदैन भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले कानुनले निषेध गरेको गतिविधिमा सहभागि अपराधिकहरुलाई कानुनी दायरीमा लिनुको सत्ता गलत नियत भएका प्रहरी कर्मचारीहरुले गर्दा प्रहरी संगठन नै कम्जोर बनेको छ । यस्ता गलत कार्यले प्रहरी संगठनको शिर निहुरीएको छ । संगठन निहुरीएको शिर ठाडो बनाउने जिम्मेवारी संगठनकै भएको धारणा व्यक्त गर्नुभयो । विगतको तुलात्मक दृष्टिकोणले प्रहरी संगठनको भूमिका बढेको हुँदा सोही अनुसार सक्रिय बन्नुपर्ने प्रमुख अतिथि पुनले बताउनुभयो । उहाँले वृहत शान्ति सम्झौताको तीन महत्वपूर्ण कुराहरुमध्ये संविधान निर्माण, सेना संमायोजन प्रक्रिय पूरा भएको छ भने वेपत्ता छाविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबाट शान्ति प्रक्रियालाई टुङ्ग्याई राष्ट्रलाई समृद्धको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रमको विशिष्ट अतिथिहरु रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, पूर्व प्रहरी संगठन रोल्पा जिल्लाको अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक तेजराज भण्डारीले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
त्यस्तै, राज्य व्यवस्था परिवर्तनको क्रममा कर्तव्य पालनको क्रममा अमर प्रहरी परिवारहरु सुनिता थापा, लक्ष्मि डाँगी, निमा थापा, राज कुमारी भुजेल, निम कुमारी राना र दुर्गा कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगरले दोसल्लाह ओढाई सम्मान गर्नुभएको थियो । प्रहरी स्थापना दिवसको अवसरमा उत्कृष्टि प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक हरि बहादुर के.सी, प्रहरी सहायक निरीक्षक निम बहादुर के.सी, प्रहरी सहायक निरीक्षक गोविन्द अधिकारी, प्रहरी हवाल्डार निरक बि.क, प्रहरी जवान दिल बहादुर रोकाय, प्रहरी जवान चित्र पुन र प्रहरी जवान दुर्गा थापा पुरस्कृति हुनुभएको थियो ।

त्यसैगरी प्रहरी दिवसको अवसरमा आयोजित व्याड मिन्टन डब्लतर्फ प्रथम प्रहरी सहायक निरीक्षक गोविन्द अधिकारी र प्रहरी जवान दिनेश चौधरी, द्वितीय प्रहरी जवान धनबहादुर बि.क र प्रहरी जवान हिरालाल राना, तृतीय प्रहरी जवान खेमराज पुन, प्रहरी जवान प्रकाश बि.सी. विजय हुनुभएको थियो । साथै व्याड मिन्टन टेलब टेनिस प्रतियोगिताको प्रथम प्रहरी हवाल्डार गोवरदन थापा, प्रहरी जवान बालाराम राना, द्वितीय प्रहरी सहायक निरीक्षक सचिनसिङ राठोर र प्रहरी हवाल्डार प्रप्ताप परियार, तृतिय प्रहरी जवान खेमराज पुन र सुजन सोमइ मगर विजय हुनुभएको थियो । दुवै प्रतियोगितामा विजयी प्रतियोगिताहरुलाई कार्यक्रमको प्रमुख अतिथि लगायका अतिथिहरुले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । साथै रोल्पा नगरपालिका–६ दर्बाेट स्थित कोटगाउँ प्रहरी चौकी स्थापनमा लागि जग्गा दानिहरु तुल बहादुर पुन, हर्कराज घर्तीमगर र बुढागाउँ अस्थायी प्रहरी पोष्ट निर्माणका लागि जग्गा दाताहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले कदर पत्रले सम्मानले गरेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले प्रहरी महानिरीक्षकको शुभ कामना पत्र बाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्ला सदस्य कविता उपाध्याय, राष्ट्रिय जनमोर्चा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्ट, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवशेनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने लगायतको आतिथ्यता थियो । निमित्त कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक शंकर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले गर्नुभएको थियो ।