उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यन्वयन सम्बन्धि अभिमुखिकरण

उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यन्वयन सम्बन्धि अभिमुखिकरण
जुनिश कुमार विष्ट
असोज २८ गते (पोबाङ–रोल्पा)


This image has an empty alt attribute; its file name is j2.jpg

रोल्पाको सुनछहरी गाउँपालिकाद्वारा उपभोक्ता समितिका पदाधिकारीहरुलाई आयोजना कार्यान्वयन तथा सञ्चालन सम्बन्धि अभिमुखिकरण तालिम आज जेल्बाङम सम्पन्न भएको छ ।
यस गाउँपालिकाले ४ नं.वडा स्युरीबाट असोज २१ गतेदेखि सुरु भएको तालिम ३ नं. वडा बाहिर गामामा २२ गते, २३ गते २ नं. भित्रि गाममा वडा नम्बर २ भित्रीगाम, २५ गते १ नं. वडा सेरम, २६ गते ५ नं. जैमाकसला, २७ गते ७ नं. जेलबाङ र आज गते ६ नं. फगाममा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is j1.jpg

यस गाउँपालिकाकाे १०२ वटा नयाँ योजनाको उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि ७१४ जना तालिममा सहभागीका थियो । तालिममा प्रशासनीक कागजात, लेखा सम्बन्धि र प्राविधिक सम्बन्धि सहभागिहरुलाई प्रशिक्षण गाउँपालिका कर्मचारीहरुबाट प्रदान गरेको गाउँपालिका अध्यक्ष आश बहादुर पुनले बताउनुभयो । साथै तिहारभन्दा अगाडि प्राविधिक लागत स्टेमेट र योजना सम्झौता गरिसक्ने र तिहार लगत्तै योजनाहरु कार्यान्वयन प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

You may also like