युवा समिति रोल्पाले युवाको मुद्धा तथा कार्यक्रमको बारेमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्यो ।

रोल्पा समाचारदाता
२०७४ चैत्र १८ रोल्पा
युवाका मुद्धा तथा कार्यक्रमको बारेमा पत्रकारसँग अन्तरक्रिया तथा युवा नीति र युथ भिजन प्रचार–प्रशार विषय कार्यक्रम सम्पनन भएको छ ।
आइतबार जिल्ला युवा समिति रोल्पाको आयोजनामा युवा परिषद्को कार्यलय लिबाङमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला युवा समिति रोल्पाका कार्यालय प्रमुख मोहन दाहालले हाल युवाहरुको सही नीति बन्न नसक्दा देशले भोगिरहेको समस्याबारेमा राख्नुभएको थियो । सागै दाहालले युवाहरुले प्राविधिक ज्ञानको अभावमा विदेशीदा युवाले परिकल्पना गरे जस्तो परिणाम आउन नसकेको बताउनुभयो । कार्यक्रममा जिल्ला समितिमा रहेका कार्य समिति, कर्मचारी, युवाहरुको गुणस्तीय शिक्षा, रोजगारी र उद्यमशिलता, स्वास्थय र सुरक्षामा युवाहरुको विकास, युवा परामर्श सेवा, युवाहरुको प्रतिभा खोजी एवं युवाहरुले गरेको कार्यक्रमलाई प्रोत्सासन, युवा उद्यम कार्यक्रममा विगतमा दुइवटा निर्वाचन क्षेत्रमा विना धिटो ऋण प्रवाह, युवा दिवश तथा महोत्सव अन्य, युवाहरुको पत्रकारहरुको अन्तरक्रिया, समितिले जिल्ला समन्वय समिति र स्थानीयतहसँग समन्वयन, जिल्लाका आम सञ्चारसँगछलफल तथा अन्तरक्रिया, चौमासिक समीक्षा लगायतका कार्यक्रम गरेको समेत प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७३÷०७४ मा युवा उद्यमशीलताको कार्यक्रममा प्रगतिशील कृषक समूह त्रिवेणी गाउँपालिका बुढागाउँमा तरकारी खेतीका लागि र सुनछहरी गाउँपालिका गामको नवयुगको युवा समूहलाई आलु खेतीका लागि रु ५÷५ लाख रुपैया प्रदान गरिएकोबाट तरकारी खेती गरिरहेको बताउनुभयो ।
जिल्ला युवा समिति रोल्पाका अध्यक्ष ठाकुर प्रसाद वलीले जिल्ला युवा समिति नै अपुरो भएको बताउनुभयो । उहाँले समितिमा हाल जिल्ला शिक्षा कार्यालयका पदेन सदस्य मोहन दाहाल कार्यालय प्रमुखमै आएको, जिल्ला समन्वय समितिका रामकुमार न्यौपाने अन्य क्षेत्रमा सरुवा भएको र राजनीतिक दलबाट रिफारिस आएपछि केन्द्रमा पठाउँदा निर्णय नभएकोले अपुरो भएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका संघ–सँस्थाबाट टिका घर्तीमगर, नेकपा एमालेबाट मनकली घर्तीमगर, नेपाली कांग्रेसबाट गोमा डाँगी र नेकपा (माओवादी केन्द्र) बाट अशोक ओली ‘परिवर्तन’ को रिफारिस केन्द्रमा गरिएको बताउनुभयो । उहाँले नमूना युवा संसद र युवाहरुलाई तालिम प्रदा त्रिवेणी गाउँपालिकामा गरिने प्रस्ताव समेत राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकले नेपालको राजनीतिकबृत्तमा राज्यसत्तामा नपुग्दासम्म युवाहरुको समस्या र सवालका विषयमा आवाज उठे पनि सत्तामा पुगेपछि युवाहरुको सवाल ओजेलमा परेकोप्रति युवा समितिले ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले युवाहरुलाई सचेत र युवा विकासका लागि व्यापक छलफल गर्नुपर्ने बताउनुभयो । रोल्पा जिल्ला राजनीतिको केन्द्र भएको बताउँदै अब युवाहरुको क्षेत्रमा पनि नमूना योग्य निर्माण गर्नका लागि पत्रकार महासंघ र सञ्चारकर्मी अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले रोल्पामा युवाहरुको सवाल र विकामा पत्रकार महासंघ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगीले युवाहरुको सवालमा स्थानीयतहसँग समन्वय गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले युवाको सचेतना कार्यक्रममा बढी जोड दिनु पर्ने बताउनुभो ।
पूर्व अध्यक्ष खेमबहादुर बुढामगरले युवाहरुलाई उत्पादन स्वरोजगारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले युवाहरुको विकासमा समितिले पहल गर्नका लागि विशेष ध्यान दिनका लागि अनुरोध गर्नुभएको थियो । उहाँले युवालाई उत्पादनसँग जोड्नु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नयाँ पत्रिकाका नविन लोचन, रेडियो मालाश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द, रेडियो जलजलाका घनश्याम केसी, नेपाल टेलिभिजनका माधव ओली लगायतको उपस्थिति रहेको थियो ।
पत्रकारहरुसँग आयोजना गरिएको कार्यक्रकको सहजीकणका लागि समितिका टेकबहादुर बिकले गर्नुभएको थियो ।

You may also like