रुकुम –पूर्व) को सिस्ने गाउँपालिका पोखरामा टिप्परबाट खसेर रोल्पाका सहचालक विकको मृत्यु

 

सर्जना कार्की जेष्ठ ३१ पुर्वी रुकुम

रुकुम–पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा टिप्परबाट खसेर एक जनाको मृत्यु भएको छ । टिप्परको छतबाट खस्दा टिप्परको पछाडीको पाङग्राले किचेर सहचालक रोल्पा रुन्टिगढी गाउँपालिका ६ का २१ वर्षिय चन्द्रबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्ने ३ कै अमलाचौरमा निर्माणाधीन स्वास्थ्यचौकी भवनको लागि दाङबाट इट्टा लिएर आएको चुबे ढुवानी सेवाको रा १ ख १४३५ नम्बरको ट्रकले पोखरामा छतबाट खसेका विकलाई किचेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहचालक विकले टिप्परको छतमा बसेर तलतीर झरेका बिजुलीका तारलाई माथीतीर बनाउने र चालकले टिप्पर अगाडि बढाउने गरिरहेका थिए । त्यसै क्रममा भूइमा खस्दा उनलाई टिप्परले किचेको हो । चालक घोराही उपमहानगरपालीकाका ४९ वर्षका ओमप्रकाश घर्ती मगरलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

 

You may also like