रोल्पामा नेपाल मगर संघ स्थापना दिवस सम्पन्न

रोल्पा समाचारदता
फागुन १५ रोल्पा

 


नेपाल मगर संघ रोल्पाको आयोजनामा मगर संघको ३७ औँ थापना दिवसको अवसरमा एक कार्यक्रम गरी स्थापना दिवस सम्पन्न भएको  छ । मगर संघ रोल्पाको कार्याल लिबाङ लोकतान्त्रिक चोकमा बुधबार सम्पन्न भएको छ ।
नेपालमा आदीवासी जनजातीहरुको हक अधिकारकालागि नेपालमा २०३९ सालमा स्थापना भएको नेपाल मगर संघ हिमबहादुर मगरको नेतृत्वमामा नेपाल मगर संघ स्थापना भएको थियो । ३७ औँ स्थापना दिवसको अवसरमा कार्यक्रममा समाजसेवी एवं मगर अग्रह कृष्णबहादुर घर्तीमगरले नेपालको राजनीतिक आन्दोलनले मगर समुदायको हक अधिकारका लागि अझै सम्वोधन गर्नुपर्न कुरा बताउनुभयो । उहाँले स्थापना कालदेखि नै आफु मगर समुदायको हकहितका लागि लागि रहेको बताउँदै अझै निरन्तर लाग्ने बताउनुभयो । उहाँले समुदायका लागि एक भए पनि समुदायलाई राजनीतिक फाइदाका लागि मात्रै मगर संघलाई उपयोग गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मगर अग्रज एवं नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती थापाले मगर समुदायले राजनीतिक क्षेत्रमा आफ्नो विचार भए पनि समुदायको हितका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले राजनीतिले सबैको माग सम्वोधन गर्ने बताउँदै सबैले आफ्नो समुदायको हकहितका लागि एक जुत हुनका लागि अनुरोध गर्नुभयो ।
नेपाल मगर संघले आफूलाई कुनै नेपाल मगर संघका प्रदेश नं. ५ का सचिव श्यामबहादुर घर्तीमगरले आदीवासी जनजातीहरुको हक अधिकारका लागि एक हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक आन्दोलनमा जनजातीहरुमा पनि मगर समुदायले अहम भूमिका निर्वाह गरेकोले अब राज्यले सम्वोधन गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रोल्पा पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माले मगर समुदाय पनि राज्यको मुलधारमा आउन नसकेको समुदाय भएकालेले अझै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भाषालाई राज्यबाटै प्रोत्सावह र विकास गर्नुपर्ने बताउनुभयो । आफ्ना एजेण्डामा सबै एक जुत हुन अनुरोध गर्नुभयो ।
कार्यक्रमममा मगर बुद्धिजिवी जानसिंह घर्तीमगर, नेपाल मगर संघका केन्दीय सदस्य रामप्रिया बुढामगर, नेपाल मगर संघका प्रदेश सदस्य स्मृति रोकामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष नरबहादुर बुढामगर, राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागिहरु सबैले शुभकामना मनतव्य दिएका थिए । मगर संघ रोल्पाका अध्यक्ष कुमबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव जोखबहादुर बुढामगरले गर्नुभएको थियो ।

You may also like