नगर कार्यपालिका सदस्यलाई विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारम सम्बन्धि अभिमुखिकरण

नगर कार्यपालिका सदस्यलाई विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारम सम्बन्धि अभिमुखिकरण
असोज २२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is r2-1024x768.jpg

रोल्पा नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई विपद् प्रारम्भिक दु्रत लेखाजोखा फारम सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । अभिमुखिकरणले नगरपालिकामा विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।

This image has an empty alt attribute; its file name is r1-1024x768.jpg

विपद् प्रारम्भिक द्रुत लेखाजोखा कार्यक्रम यस जिल्लाको रोल्पा नगरपालिकामा पहिलो पटक सञ्चालन भएको छ । भौगोलिक विकटतासँगै जनशक्तिको अभावमा घट्ना घटेको लामो समयसम्म पनि घट्नाको अभिलिखिकरण हुन नसकेको अवस्थामा विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारमबाट घटेको नगर क्षेत्रमा घटेको घट्नाहरुलाई २४ घण्टामै घट्ना अभिलिकरणमा सहयोग पुग्ने भएको छ । अभिमुखिकरणमा सहभागि कार्यपालिका सदस्यहरुलाई विपद् प्रारम्भिक द्रुत लेखाजोखा फारम सम्बन्धि सहजिकरण नेपाल रेडक्रस सोसाइटी दाङ शाखा सभापति देवी प्रसाद प्याकुरेलले गर्नुभएको थियो । नगरपालिकाको आयोजनामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा गरेको थियो भने युएनयाफपिए आर्थिक सहयोग गरेको थियो । नगर क्षेत्रमामा जनशक्तिको व्यवस्थापन गरी विपद् प्रारम्भिक द्रत लेखाजोखालाई प्रभावकारी बनाउने यस कार्यक्रमको लक्ष्य छ ।

This image has an empty alt attribute; its file name is r3-1024x768.jpg

यस कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डी.वी. घर्तीमगर, युएनयाफपिएका खगेन्द्र भट्ट, रोल्पा जिल्ला शाखाका पदाधिकारीहरु सहित सरोकारवाला निकायहरुको उपस्थिति थियो । नगर प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रमको सञ्चालन स्थानीय विपद् व्यवस्थान समिति रोल्पाको नगरपालिका फोकल पर्सन सुदिप डाँगीले गर्नुभएको थियो ।

You may also like