निर्वाचनमा खटिएका सुरक्षाकमीर्, कर्मचारी मतदान केन्द्रमा भोलीसम्म पुगी सक्ने

 

 

रोल्पा समाचारदता
लिबाङ– रोल्पा ।

आगागी मंसिर १० गते रोल्पा जिल्लामा सम्पन्न हुने प्रनितिधी सभा र प्रदेश सभाको निर्वाचनमा खटिएका जिल्लाका प्रत्येक मतदान केन्द्रको सुरक्षा निकाय, कर्मचारीहरु सदरमुकाम लिबाङबाट यातायातका साधनहरु अझै बाहिरिने क्रम जारी छ ।
जिल्लामा आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको निम्ति जिल्लामा १ सय ६० मतदान केन्द निर्धारण भएको छ । । यो निर्वाचनको सम्मन्नको निम्ति रोल्पा जिल्लामा कर्मचारी र स्वयम सेवक गरी १ हजार ९ सय १४ जना परिचालन भएका छन् । १ हजार २ सय जना कर्मचारी ७७ जना कर्मचारी परिचालन गरेको छ । भने स्वयम सेवक ६ सय ३७ जना परिचालन गरेको उहाँले बताउनुभयो । यि कतिपय मतदान केन्द्रहरुमा सुरक्षाकर्मी सहित कर्मचारी पुगी सकेका छन् । भने कतिपय मतदान केन्द्रका सुरक्षाकर्मी, कर्मचारीहरु आवश्यक सामाग्रीहरु सहित सम्बन्धित मतदान केन्द्रसम्म पुग्नका लागि यातायात साधानहरु सदरमुकाम टुडिखेलबाट यातायातका साधानहरु बाहिरिने क्रम समेत जारी छ । मतदान केन्द्रमा आवश्यक पर्ने सामाग्री, सुरक्षा निकाय, कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रसम्म पुग्ने क्रम जारी रहेको छ । विगतको तुलनामा सुनसान देखिने टुडिखेलमा निर्वाचनमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीहरु कै भिडभाड नै छ । जिल्लाको सबै मतदान केन्द्रमा सुरक्षा निकाय, कर्मचारी सहित आवश्यक समाग्रीहरु बिहिबारसम्म अनिर्वाय पुगि सक्नु पर्ने छ । सोही अनुरुप ताढा दुरी थबाङ लगायतका मतदान केन्द्रमा सुरक्षा निकाय, कर्मचारी सहित आवश्यक सामाग्री पुगि सकेको जानकारी जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । उहाँले सोही मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी नियमिति सम्पर्कमा रहेको बताउनुभयो । उहाँका अनुसार नजिकको दुरीमा रहेका मतदान केन्द्रमा बिहिबारसम्म सुरक्षाकर्मी, कर्मचारी सहित सामाग्रीहरु पुग्ने समेत बताउनुभयो निर्वाचनको प्रमुख तयारी भनेको सुरक्षाकर्मी, कर्मचारी, सामाग्री व्यवस्थापन नै भएकोले निर्वाचनको तयारी समेत अन्तिम चरणमा रहेको जानकारी निर्वाचन अधिकारी गिरी जनाकारी दिनुभयो ।

You may also like