“जनताको सेवाको लागि हामी सधै तयार रहेका छाँै ।” –नगर प्रमुख सुरेन्द्र थापा घर्ती

This image has an empty alt attribute; its file name is dhurba-766x1024.jpg


मानसिह बिश्वकर्मा

राेल्पा न‍गरपालिका ७ घापा

चैत्र १० गते राेल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र घर्तीमगरले आफूहरु जनताको मतबाट निर्वाचित भएकोले जनताको सेवा गर्न सधै तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयोः“हामी जनताको मतबाट निर्वार्चित भएका हौँ। तपाइहरुको सेवा गर्दछाँै, हामी विरामी परेका छाँै भनेर राती पनि फोन गर्नुहोस हामी समस्याको सामाधान गर्दछाँै ।”
यस्तो विचार नगरपालिका वडा नं. ७ माथिल्लो घापा (साविक कोर्चाबाङ ३) मा नव निर्मित सामुदायिक भवनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शनिबार माथिल्लो घापामा बताउनुभएको हो । उहाँले आफूहरु नगरपालिकाबासी भएको हिन्ता होइन गौरव गर्नका लागि सबैलाई अपिल गर्नुभयो । साथै उहाँले रोल्पा नगरपालिकाको ७ अन्तर्गत कोर्चाबाङको बस्तीलाई नगरपालिकाकासँग जोड्नका लागि निर्वाचनको पहिलो कार्यकाल आफू वडा सदस्य तथा पार्टीको नेतृत्वमा रहदाँसम्म तीन आर्थिक वर्षको समपुरक बजेट करिव २ करोड रुपैया शहीदमार्ग चङलिङ घिउपोराख निम्री जोड्नका लागि बजेट प्रदान गरेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र घर्तीले जनताको सेवाका लागि पालिका सरकार लागेको बताउदै आगामी दिनमा पनि जनताको सेवा गर्ने बताउनुभयो । उहाँले रोल्पा नगरपालिकालेवासि भएकोले नगरवासी हुनुमा गौरव गर्नुपर्ने बताउनुभयो । उहाँले रोल्पा नगरपालिका ७ वडाको निर्माणको चर्चा गर्दै विकास र समृद्धका लागि लाग्नु पर्ने बताउनुभयो । अब अतितको मानसिकताबाट होइन सापेक्षरुपमा समन्ध विस्तार गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले उत्पादनमा जोड दिने, कृषि पेशामा लागेर जीवनलाई समृद्ध बनाउनको लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले निर्माण समितिले जनताको श्रमको लगानी गरेर भवन निर्माण गरेकोमा धन्यवाद समेत दिनुभयो ।

This image has an empty alt attribute; its file name is holl-porgam-1024x766.jpg


यस्तै कार्यक्रममा विशिष्टि अतिथि रोल्पा नगरपालिका नगर उपप्रमुख गीता आचार्यले निर्माण उपभोक्ता समितिले सरकारको लगानीको भन्दा दोब्बर जनताको श्रमदानबाट लगानी गरी राम्रो भवन निर्माण गरेको निर्माण समितिलाई सम्मानको लागि नगर बै्रठकमा प्रस्ताव लग्ने घोषणा गर्नुभयो । उहाँले न्यायिक समितिमा आफूलाई अन्याय परेमा पनि आउनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर पुन, रोल्पा नगरपालिका प्रमुख प्रशाकिय अधिकृत रमेश गौतम, रोल्पा नगरपालिका ७ का वडा अध्यक्ष लालबहादुर घर्ती, माडी ६ का कोर्चाबाङका कार्यबहाक अध्यक्ष कबिराम घर्ती, नेपाल पत्रकार महासघङ्घका निवर्तमान अध्यक्ष तथा समाजसेवी मानसिंह बिश्वकर्मा, नेपाली काङ्ग्रेसका प्रतिनिध नेकपा एमालेका जिल्ला समिति सदस्य कमन बुढामगर, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि आइताराम विक, नेकपाका प्रतिनिधि रनसिह पुन मगर लगायतले शुभकामना मनतव्य दिनु भएको थियो ।
कार्यक्रममा रोल्पा नगरपालिका जनप्रतिनिधि, राजनितिक दलका प्रमुख प्रतिनिधि, विभिन्न सामाजिस सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो । रोल्पा नगरपालिका–७ उपल्लो घापा रोल्पा नव निर्मित भवनको उपभोग गर्ने कुल ९५ घरधुरी रहेको छ । जसमा महिला स्था– २४१ पुरुष – २३९ गार कुल ४८० जनसंख्या रहेको छ । सो भवन निर्माण लागि काठ चिरानमा ४२ हजार २, इत्ता सरिया सिमेन्ट रु ५ लाख ५४ हजार, समान ढुवानी ७९ हजार ५ सय, फर्निचर जदानमा ६६ हजार, गिट्टी, वालुवा, ढुंगाका लागि १ लाख ४६ हजार ९ सय मिस्त्रि ज्याला ८६ हजार, जनश्रमदान १४ लाख ५६ हजार लगायत लगायत अन्य खर्च गरि जम्मा खर्च रु.१७ लाख ४१ हजार ६६६ लागतमा निर्माण भएको हो । रोल्पा नगरपालिकाले ६ लाख ४७ हजार ८०० रुपैया गरेको थियो । अन्य जनताबाट श्रमदानबाट निर्माण गरिएको थियो ।

This image has an empty alt attribute; its file name is korghabang-1024x766.jpg

This image has an empty alt attribute; its file name is sammanit-1024x766.jpg

वडा भवन निर्माणका लागि ५९ दिन श्रमदान समाजको लागि योगदान गरेकोमा सम्मान ग्रहण गर्दै पूर्व भारतीय सेना सन्तबहादुर पुनमगर
कार्यक्रम टोल बिकास समितिका अध्यक्ष चन्द बहादुर पुनको अध्यक्षतामा भएको थियो भने सञ्चालन विरबहादुर वुढाले सञ्चालन गर्नु भएको थियो । स्वागत सिता बिकले गर्नु भएको थियो ।
हरेक नागरिकले तथा सँस्थाले राज्यबाट आएको थोरै रकमबाट पनि आफ्नो गाउँको विकासका लागि चाहेमा सम्भव हुन्छ भन्ने कुरा समुदायले प्रमाणित गरेका छन् । आफ्नो गाउँको लागि २० दिनभन्दा माथिको ज्याला सहयोग गर्ने सन्तबहादुर पुनमगर लगायत ५ जनालाई सम्मान गरेको बताउनुभाये ।

You may also like