जिल्ला निर्वाचन कार्यालय रोल्पाद्वारा पत्रकारसँग भेटघाट

जिल्ला निर्वाचन कार्यालय रोल्पाद्वारा पत्रकारसँग भेटघाट
माघ १० गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is n2.jpg


जिल्ला निर्वाचन कार्यालय रोल्पाद्वारा जिल्ला स्थित पत्रकारसँग शनिबार भेटघाट कार्यक्रम मार्फत कार्य प्रगति सार्वजनिक गरेको छ । यस कार्यालयले निर्वाचनसँग सम्बन्धित कार्यहरुलाई विशेष प्राथमिकता साथ सम्पादन गर्दै आएको छ ।

This image has an empty alt attribute; its file name is n.jpg

यस कार्यालयको जिल्ला निर्वाचन अधिकारी किरण जोशिले कोरोना भाइरसको कारण कार्य सम्पादनमा प्रभावित भएको बताउनुभयो । उहाँले निर्वाचनसँग सम्बन्धित क्रियाकलापहरुलाई विशेष प्रथामिकता सहित अगाडि बढाएको जानकारी दिनुभयो । पुस ५ गते संघीय सरकारले निर्वाचनको मिति घोषणा पश्चात् निर्वाचन नामावली अध्यवधिक कार्य बन्द गरेर अन्य कार्यहरुलाई विशेष प्राथमिकताका सम्पादन गर्दै आएको जिल्ला निर्वाचन अधिकारी जोशिले बताउनुभयो । उहाँले हालसम्म यस जिल्लामा निर्वाचन मतदाता नामवलीमा १ लाख ३८ हजार २९९ जनाले अध्यावधिक गरेको जानकारी दिनुभयो । यस जिल्लामा २०७४ सालको निर्वाचनमा १ लाख १८ हजार ६०१ जनाको नामवली अध्यावधिक गरेको उहाँले जानकारी दिनुभयो । यस जिल्लाको साविध मतदान केन्द्रहरु थप वा घटाउने र नयाँ स्थापनाका लागि जिल्ला स्तरीय राजनीतिक दलसँग छलफल सम्पन्न भएको छ । यस कार्यालयले आगामी निर्वाचनलाई मध्यनज गर्दै १० वटा स्थानीय तहहरुमा एक÷एक जना सहायक नाम दर्ता अधिकारीलाई सहजिकरण गरी कार्य सम्पादनको जिम्मेवारीमा पठाउने तयारी गरेको पत्रकार भेटघाटमा उहाँले बताउनुभयो । उहाँले यस जिल्लामा निर्वाचनको कार्यहरुलाई तीव्रताका साथ अगाडि बढाएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

You may also like