रोल्पा आई.टि.एफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति, खेलकुद गतिवधिमा सहज

रोल्पा आई.टि.एफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति, खेलकुद गतिवधिमा सहज
असोज २२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is a2.jpg

रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आई.टि.एफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा करारमा प्रशिक्षक नियुक्ति गरेको छ । संघलाई खेलकुद गतिविधि सञ्चालनमा थप सहज बन्ने भएको छ ।
यस संघले करारमा नियुक्ति गरेको नव प्रशिक्षकलाई मासिक तलव भत्ता दिने गरी जिल्लाको

This image has an empty alt attribute; its file name is a1-1.jpg

तेक्वान्दो खेलको विकासका लागि दीपक बि.क.लाई प्रशिक्षकको रुपमा नियुक्ति गरिएको संघका अध्यक्ष विक्रम बाठामगरले बताउनुभयो । प्रशिक्षक बि.क.ले यसअधि गोवा आई.टि.एफ. तेक्वान्दो एकेडेमीमा २ वर्ष प्रशिक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता भई पदक विजेता प्राप्त गर्नुभएको थियो । उहाँले तेरौ साउत एन्ड वयस्त भारत आमन्त्रित आई.टी.एफ. तेक्वान्दो च्याम्पियनसिप मा (५१–५७) के.जी. तौल समूहमा तेस्रो स्थान प्राप्त गरेका गर्नुभएको थियो । भने चौथो दक्षिण एसियायी आई.टि.एफ. तेक्वान्दो च्याम्पियनसिपमा प्रथम स्थान ल्याउन सफल हुनुभएको थियो । त्यसैगरी तेस्रो प्रतियोगितामा पनि उहाँकै तौल समूह (५१–५७)नै थियो । साथै पाचौं दक्षिण एसियायी आमन्त्रित आई.टि.एफ. तेक्वान्दो च्याम्पियनसिप २०१६ मा (५१–५७) तौल समूहमा दोस्रो स्थान हासिल गर्नुभएका बि.क. राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

This image has an empty alt attribute; its file name is a2.jpg

यस जिल्लामा २०६८ सालमा स्थापना भएको आई.टि.एफ. तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक बि.क.ले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठामगरले बताउनुभयो ।

You may also like