नगरपालिकालाई नव निर्मित बहु उद्वेश्य समुदायिक भवन हस्तारण

नगरपालिकालाई नव निर्मित बहु उद्वेश्य समुदायिक भवन हस्तारण
असार,४ गते
लिबाङ–रोल्पा
रोल्पा नगरपालिका–४ नं. वडा गुरुङ गाउँ रोल्पामा पर्यटन प्रवद्र्वनको सहित नव निर्मित बहु उद्वेश्य भवन आज हस्तारण भएको छ । यस भवन निर्माण कार्य सम्पन्रले आन्तरिक तथा बाह्रय पर्यटकहरूकाे आकर्षणले पर्यटन व्यवसायीमा थप सहयाेग पुग्ने भएकाे छ ।

भवन हस्तारण कार्यक्रमको प्रमुख अतिथि एवं सघन शहरी विकास आयोजनाका प्रमुख महेश बहादुर सिंहले कागजात सहित स्थानीय रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पूर्ण के.सी.लाई हस्तारन्तरण गर्नुभएको हो । उहाँले भवनको बनावट सहित रु २ करोड ९९ लाखमा निर्माण कार्य सम्पन्न भएको जानकारी बताउनुभयो । यस भवनमा एउटा बैठक हल, एउटा किचन सहितको आवास घर, एउटा संग्राहलय भवन, भवन बाहिरको प्रतिक्षालय, भवन परिसरमा स्लेट बिछ्याइएको बाटोसंगै दहचौर नजिकै रहेको प्रतिक्षालय र आकर्षक गेट समेत निर्माण भएको छ ।

कार्यक्रमम जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगर, नगर प्रमुख पुर्ण के.सी, नगर उप प्रमुख मनकुमारी घर्ती, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगर, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, कोलेनिका प्रमुख मातृका भट्टराई, जिल्ला प्रहरी प्रमुख चित्र गुरुङ, सशस्त्र प्रहरी प्रमुख कर्ण बुढा, अनुसन्धान प्रमुख लक्ष्मण चौधरी, रोल्पा नगरपालिका ४ नम्बर वडा अध्यक्ष नवराज आचार्य, सोही वडा सदस्य तथा गुरुङगाउँ सामुदायिक होमस्टेका अध्यक्ष हरिजङ गुरुङ, नेपाल पत्रकार महासंघ रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, जलजला कन्ट्रक्सनका प्रतिनिधि लगायत गुरुङगाउं सामुदायिक होमस्टेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यस भवन रोल्पा नगरपालिकालाई हस्तान्तरण भएसँगै स्थानीय तहले समुदायमा हस्तान्तरण गर्ने बताइएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारिका कारण आएको विभिन्न समस्याले गर्दा भवनको औपचारिक उदघाटनपछि सारिएको नगर प्रमुख के.सी.ले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा जग्गादान गर्ने जग्गादाताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । अनौपचारिक रुपमा आयोजित कार्यक्रमको सञ्चालन नगर प्रेस संयोजक देवी गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

You may also like