नगर प्रमुख पुर्ण के.सी. नगरबासीको गुनासो सुन्न घर दैलोमा

नगर प्रमुख पुर्ण के.सी. नगरबासीको गुनासो सुन्न घर दैलोमा
असोज २१ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is n1.jpg

रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी. जनताको गुनासो सुन्न नगरबासीको घर दैलोमा पुग्नुभएको छ । नगरबासीको गुनासो सुन्ने क्रममा उहाँले आज ६ नं. वडामा पुग्नुभएको हो ।

This image has an empty alt attribute; its file name is n2.jpg

आर्थिक वर्ष २०७६÷२०७७ मा सम्पन्न योजना तथा कार्यक्रमको नगरबासीको गुनासो सुन्नका लागि नगर प्रमुख के.सी.ले प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल र योजना अधिकृत सुदिप डाँगीलाई साथमा लिएर नगरबासीको गुनासो सुन्न घर दैलोमा पुग्नुभएको छ । उहाँले नगरपालिकाको दुर दराजका बस्तीमा पुगि जनताको राय सुझाव तथा गुनासो सुन्नुका साथै विकास निर्माण योजनाहरु कसरी कार्यन्वय भइरहेका छन् र सुधार गर्नुपर्ने कुराहरु नगरबासीको राय बुझ्न घर दैलोमै पुग्दै हुनुहुन्छ । निश्चित् अवधिको कार्य योजना नै बनाएर गत सोमबारबाट जनताको घर दैलोसम्म पुग्ने र गत आ.व.मा सम्पन्न भएका योजनाहरुको पहिचान र अनुगमन गर्ने, योजनाहरुमा दोहोरोपना हुन नदिने, उपभोक्ता समिति गठनमा हुनसक्ने समस्यालाई निरीक्षण गरि नियमण गर्ने, योजना तथा कार्यक्रबाट प्राप्त लाभ बारे उपभोक्ता नगरबासीको राय बुझ्ने, वडामा विनियोजत नयाँ योजना र सम्पन्न भएका योजनाहरुमा हुने दोहोरोपना रोक्ने तथा वडा कार्यालयहरु र समग्र नगरपालिकाको सेवा प्रवाह बारे नगरबासीको सन्तुष्टि मापन गर्ने कार्यका लागि आफै नगरबासीको घर दैलोमै उहाँ पुग्दै हुनुहुन्छ । यस नगरपालिकाको वडा नम्बर २, ४, ६ र ७ मा पहिलो चरणमा, वडा नम्बर ८, ९ र १० मा दोस्रो चरणमा र वडा नम्बर १, ३ र ५ मा तेस्रो चरणमा विभाजन गरेर चरणवद्ध नगरबासीको गुनासो सुन्ने सँगसँगै सम्पन्न योजनाहरुको अनुगमन तथा मूल्याङ्कन कार्यमा उहाँ आफै सक्रिय बन्नु भएको छ ।

This image has an empty alt attribute; its file name is n3.jpg

उहाँले अकस्मात नगरबासीको आफ्नो घर दैलोमा सञ्चै हुनुहुन्छ ? र तपाईको समस्या के छ ? भनेर पुगेको देखेपछि नगरबासी अच्चम्मित र हर्षित भएका छन् । अनुगमनको क्रममा देखापरेका समस्याहरुलाई तत्काल समाधान गर्न के.सी.ले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सुझाउने समेत गरेका छन् । नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट हुने सेवा प्रवाहका प्रभावकारिता र चुस्तता कायम गरी जनतालाई वास्तवमै सरकारको उपस्थिति र सुशासनको प्रत्याभूति दिलाउन सो कार्य भइरहेको योजना अधिकृत सुदिप डाँगीले बताउनुभयो ।

You may also like