रोल्पा नगरपालिकाले लकडाउनमा बाहिरको तरकारी प्रतिवन्द

मानसिंह विश्वकर्मा
रोल्पा सामाचार
बैशाख १२ गते


विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोक्नका लागि रोल्पा नगरपालिकाले बाहिरको तकारीमा रोक लगाएका छ । खास गरेर भारत तथा तराईबाट आउन तरकारीमा संक्रमण हुन सक्ने र स्थानीय तरकारी उत्पादनहरुले बजार नपाएको भन्दै बाहिरबाट आउने तरकारीको उत्पादनमा रोक लगाएको हो ।
रोल्पा नगर कार्यपालिकाको बैठकबाट नै यस्तो निर्णय गरिएको रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले बताउनुभयो । उहाँले भन्नुभयोः–‘बाहिरबाट आएको तरकारी कतिले छोएका हुन्छन्, कस्ता मानिसले छोएका हुन्छन्, कस्ले उत्पादन गरेको हो भन्ने कुरा थाहाँ नै हुँदैन त्यसैले त्यसलाई रोक लगाएकोे छौँ भने अर्काे कुरा रोल्पा नगरपालिकाभित्र नै तरकारी छ । त्यसले बजार पाएको छैन, स्थानीयलाई उत्पादकत्वलाई बढाउनको लागि यो निर्णय गरेका हौँ ।”
आजकाल रोल्पा नगरपालिकाले लकडाउनको समयमा पनि लिबाङबजारमा तरकारीको अभाव हुन नदिनका लागि एउटा जीवको व्यवस्था गरेको छ । माडीचौरबाट प्रत्येक दिन विहान लिबाङको लागि तरकारी र किसानहरुलाई लिएर आउने व्यवस्था गरेको छ ।


रोल्पा नगरपालिकाको अत्याधिक तरकारी उत्पादन हुने माडीचौर, मूलपानी, लरिखोला लगायतको स्थानबाट बजारलाई पुरा गर्न सकिने नगरपालिकाले बताएको छ । आजकाल नगरपालिकाले जीवको व्यवस्था गरी तकारी विक्रीका लागि सहज गराई दिएपछि माडीचौरका कृषक भागीसरा पुनमगरलले गाउँका किसान निकै खुशी भएका बतानुभयो । बाहिरबाट आउने तरकारीले अर्काे निर्णय नभएसम्म प्रतिवन्द नै गरिने रोल्पा नगरपालिकाले बताएको छ । रोल्पा नगरपालिकाले सुरक्षा निकायको सहयोगमा बाहिरबाट आएको तरकारी
रोल्पा नगरपालिकाको यस्तो निर्णयले स्थानीय तरकारी पनि बजारमा खपत हुने, बाहिरबाट कोरोनाको संक्रमण पनि फैलिन नसक्ने, स्थानीय तरकारी विक्री भएमा आमदानी पनि नगरवासीकै हुने कुरोले नगरपाललिकालाई नै फाइदा पुग्ने भएको छ ।

You may also like