बाग्लुङ जिल्ला निबासी बसन्ती बुढामगर चौथो रोल्पा खुल्ला सिनियर महिला च्याम्पियन

बाग्लुङ जिल्ला निबासी बसन्ती बुढामगर चौथो रोल्पा खुल्ला सिनियर महिला च्याम्पियन
असाेज १० गते (लिबाङ- राेल्पा)

This image has an empty alt attribute; its file name is a2.jpg

चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा आज सम्पन्न भएको छ । कोरोनाको कारण खेलकुद सबै गतिविधिहरु बन्द भएको समयमा यस प्रतियोगिताले खेलाडिहरुलाई खेलक क्षेत्रमा थप सक्रिय बन्न पोत्सहान गरेको छ ।
यस च्याम्पियनसिपको बाग्लुङ जिल्ला निबासी बसन्ती बुढामगर प्रथम, काठमाण्डौं निबासी पुजा खुलाल मगर द्वीतीय, पाल्पा कि निस्मा बस्याल तृतिय हुनुभएको छ । च्याम्पिसयनसिपको ५ पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो, जसमध्ये बसन्ती बुढामगरले ३१.५ अंक, पुजा खुलाल मगरले २९ अंक र निस्मा बस्यालले २७ अंक प्राप्त गर्नुभएको थियो । आयोजकले पहिले घोषित पुरस्कार च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ७ हजार, द्वीतीय पुरस्कार रु ५ हजार र तृतिय पुरस्कार रु ३ हजार सुरुमा घोषणा गरेको थियो । तर, आयोजकले घोषित पुरस्कारमा प्रथम रु ५ हजार र द्वीतीय र तृतिय पुरस्कारमा रु ३ हजार थप गरी प्रथम रु १२ हजार, द्वीतीय रु ८ हजार र तृतिय रु ६ हजार विजय प्रतियोगिलाई हस्तारण गरेको संघका सचिव कृष्ण प्रसाद बाठामगरले जानकारी दिनुभयो । परिवर्तन गाउँपालिका–२ राङ्सी भल्तुङ निबासी एवम् रोल्पा आई.टि.एफ. तेक्वान्दो संघका सल्लाहकार रोशन के.सी.ले सम्पन्न च्याम्पियनसिपको पुरस्कार प्रयोजन गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is a1.jpg

यस च्याम्पियनसिपको समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल आई.टि.एफ तेक्वान्दो महासंघ अध्यक्ष एवम् दक्षिण एसिया आई.टि.एफ तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो आईटीएफ महासंघका सदस्य अञ्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडिहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल विकासमा पनि मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समयमा कोरोना भाइरसको माहामारी बढिरहेको अवस्थामा यस खेल आयोजनाले खेलाडिहरुले घरबाटै पनि आत्म तयारी गरि खेल कौशललाई अगाडि बढ्ने अवसर र खेलाडिहरुलाई थप क्रियाशिल बनाउने उद्वेश्यस्वरुप भर्चुअल च्याम्पियनसिप आयोजना गरिएको कार्यक्रम संयोजक विक्रम बाठामगरले बताउनुभयो । यो महामारीका कारण खेलकुदका सबै गतिविधि बन्द अवस्थामा खेलाडिलाई शारीरिक तथा मानसिक रुपमा स्वास्थ, तन्दुरुस्त, खेलमै क्रियासिल बनाउन यस किसिमको प्रतियोगिताले मद्दत गर्ने बाठामगरले विश्वास व्यक्त गर्नुभयो । आयोजकले विभिन्न स्तरका च्याम्पियसनसिपहरु सम्पन्न गरी सकेको छ ।

You may also like