चुनावमा प्रतिवद्धता गरेको छिर्ने माेटरेबल पुल कानूनमन्त्री केसीद्वारा शिलेन्यास

मानसिंह विश्वकर्मा
कात्तिक ७ गते
सुलिचौर छिर्ने रोल्पा

आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले आफूले निर्वाचनको बेलामा यो पुल निर्माण गर्नका लागि प्रविद्धता गरेकोले चुनावको प्रतिबद्धतालाई विपनामा परिणत गरेको बताउनुभयो । मन्त्री केसीले भन्नुभयोः–“यो पुल स्थानीय जनताको निकै प्राथमिकतामा परेको र रोल्पा र प्यूठानबासीलाई समेत सेवा दिनका लागि आवश्यक भएको र आफूले चुनावको बेलामा वाचा गरेकाले प्रतिवद्धता पुरा गरेका छौँ । यसलाई समयमै बनाई दिनुहोस् । ”
यस्तो विचार आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुनिलस्मृति गाउँपालिका वडा नं. ५ को मोटरेबल पुल शिलन्याश कार्यक्रममा शनिबार सुनिलस्मृति गाउँपालिका छिर्नेमा बताउनुभएको हो ।
मन्त्री केसीले समय भित्र गरेर प्रदेश सरकारको पुरस्कार हात पार्नका लागि समेत अनुरोध गर्नुभयो । साथै यसै वर्षमा पनि निर्माण सम्पन्न गर्न सकेमा बजेटको निकासा गर्ने जिम्मेवारी आफ्नो भएको घोषणा गर्नुभएको थियो ।
सडक सञ्जाललाई सुधार गर्नुपर्ने, नेपाल सरकारको संघीय सरकारको उर्जा मन्त्रालयबाट रोल्पा उज्यालो कार्यक्रम बृहत कार्यक्रम सञ्चालन हुने भएकाले गर्दा त्यसबाट उज्यालो हुने बताउनु भएको छ ।
रोल्पा जिल्लालाई सञ्चार, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने बताउनुभयो । मन्त्री केसीले सुलिचौरबाट थबाङको सडक सञ्जाल निर्माण गर्नका लागि मुख्यमन्त्री र आफूको छलफलबाट १५ करोड रकम बजेट विनियोजित गरेको बताउनुभयो ।
उहाँले कार्य सम्पादन समयभित्र गरि दिन र आफूलाई सवल निर्माण व्यवसायीबाट चिनाउनको लागि अनुरोध गर्नुभयो । साथै रोल्पा जिल्लामा अन्य माटरेबल निर्माण गरिने समेत बताउनुभयो ।
रोल्पा क्षेत्र नं. क बाट निर्वाचित मन्त्री केसीले रोल्पामा माडी डाइबर्सनले रोल्पा जिल्लाको आमुल परिवर्तन हुने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले गाउँपालिकालाई समृद्ध बनाउनको लागि यो पुलले पनि कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले गाउँपालिकाका स्थानीय जनतालाई सेवा दिनको लागि आवश्यक बजेटको व्यवस्था गरेकोमा धन्यवाद बक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथ एवं पूर्वाधार आयोजना कार्यालयका प्रमुख नविन श्रेष्ठले यस पुल जसरी स्थानीयबासीको समस्यालाई ध्यानमा राखेर निर्माण हुन लागेकोले समयभित्र नै सक्ने गरी निर्माण व्यावासायीलाई सहयोग गर्ने बताउनुभयो । निर्माण समय र गुणस्तरीय पुल निर्माणका लागि सधै लागि पर्ने बताउँदै आफूहरु पनि उत्तरदायित्व भएर काम गर्ने बताउनुभयो ।
सुलिनस्मृति गाउँपालिका वडा नं. ४ छिर्ने र कोइरालखर्च हुँदै प्यूठान जोड्ने मोटरेबल निर्माण हुने भएको छ । ५० मिटर लम्बाई ६ मिटर चौडाईको पुलमा २ वटा स्पानहरु रहेका छन् । सो स्पानको उचाई १३ मिटर हुनेछ । सो पुल ६ करोड ४२ लाख रुपैयाँको लागतमा निर्माण हुने भएको छ । २०७६ साल भाद्र २० मा सम्झौता भएको थियो भने सो पुल २०७८ साल भाद्र १९ गते सम्मन्न गरि सक्नु पर्ने गरी सम्झौता गरिएको छ । रोल्पा जिल्ला र नेपालमा कार्य सम्पादनमा सकरात्मक हाँसिल गर्दै आई रहेको एसियाटिक÷राजवीर÷ आँसु जेवीका राजबीर घर्तीमगर र जनक खड्काले जिम्मेवारी लिनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य मानबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला समिति सदस्य एवं स्थानीय समाजसेवी पूर्णबहादुर वली, लगायतले बोल्नुभएको थियो । बक्ताहरुले यो पुल निर्माणले निकै राम्रो बनाएको बताउनुभयो ।
कार्यक्रममा सुनिल स्मृति गा.पा.वडा नं. ७ का अध्यक्ष पूर्णबहादुर पुन, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिला आचार्य, गाउँपालिका कार्यपालिका सदस्य तुलसी सुनार, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव पवन कुमार कुवर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, युवा संघ नेपालका केन्द्रीय सदस्य रितमान पुनमगर लगायतको आतिथ्यता रहेको थियो ।
स्थानीयबासी मिझिङ कोइरालर्कका सेरचन सुनारले विगतदेखि आफूहरुले निकै दुःख पाएको र निर्माण भएपछि राम्रो हुने बताउनुभयो । साथै उहाँले आगामी दिनमा स्थानीयबासीलाई पुल निर्माण भएपछि राहत हुने बताउनुभयो ।
आपूmहरुले रोल्पा जिल्ला लगायत अन्य क्षेत्रका निर्माणको काममा समयमै सम्पादन गरेको बताउँदै यस पुल निर्माण पनि सम्झौता मितिभन्दा अगाडि नै गरेर स्थानीयवासीलाई सहज यात्रा गर्नका लागि वातावरण निर्माण गरि दिने प्रतिबद्धता निर्माण व्यावसायी राजविर घर्तीमगरले बताउनुभयो । साथै निर्माण व्यवसायी जनक खड्काले नेपाल सरकारले समयभित्र नै निर्माण गरि सकेपछि नेपाल सरकारले पुस्कार निर्माण गरि सक्ने पर्ने भएकोले गर्दा निर्माण समयमै गरि सक्ने प्रविबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा भएको थियो, कार्यक्रमको सञ्चालन सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले गर्नुभएको थियो भने स्वागत सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले गर्नुभएको थियो ।

You may also like