लालिगुराँस किशोरी समूह बाल बिबाह विरोधको अभियान सञ्चालन

लालिगुराँस किशोरी समूह बाल बिबाह विरोधको अभियान सञ्चालन
असाेज १० गते (लिबाङ–रोल्पा)

This image has an empty alt attribute; its file name is h1.jpg

रोल्पाको रुन्टीगढी–६ डुब्रिङ स्थित लालिगुराँस किशोरी समूहसँग रुपान्तरण शिक्षा सम्बन्धि शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमले किशोरीहरुलाई बाल बिबाह न्यूनिकरणमा थप सहयोग पुग्ने भएको छ ।

कार्यक्रममा सहभागि किशोरीहरुले नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण विद्यालयहरु बन्द भएको समयमा रुपन्तारण शिक्षा कार्यक्रमले जीवनसँग सम्बन्धित धेरै महत्वपूर्ण कुराहरु हासिलमा सहयोग पुगेको बताएका थिए । सहभागि किशोरीहरुले रुपान्तरण शिक्षाबाट सिकेका नयाँ कुराहरु आ–आफ्ना साथीहरुलाई पनि बताउने गरेको भनाइ राखेका थिए । यस्ता रुपान्तरण शिक्षाको अभावले धेरै किशोर किशोरीहरुले बाल बिबाह गर्न बाध्य भएका थिए । तर, हामीलाई जीवन उपयोगी शिक्षा सँगसँगै रुपान्तरण शिक्षाले बाल बिबाहको असरहरु जानकारी भएकोले कुनै अवस्थामा पनि बाल बिबाह नगर्ने किशोरीहरुले कार्यक्रममा बताएका थिए । जीवन उपयोगी शिक्षाले किशोरीहरुलाई बालबाहको असरहरु आफ्ना अभिभावकहरुलाई पनि स्पष्ट बताउने भएकोले अभिभावकबाट त्यस्तो कार्य नहुने धारण किशोरीहरुले व्यक्त गरेका थिए । किशोरी समूहले बाल बिबाह विरोध सम्बन्धि विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आएको लालिगुराँस किशोरी समूहको अध्यक्षको सगुन बि.क.ले जानकारी दिनुभयो । किशोरी समूहले लकडाउन हुनुभन्दा अघाडि प्रत्यक्ष जीवन उपयोगी शिक्षा हासिल गर्दै आएको थिए । तर, लकडाउनपछि रेडियोबाट रुपान्तरण शिक्षा प्रसारण हुँदै आएको छ ।

This image has an empty alt attribute; its file name is h1.jpg

यस कार्यक्रममा नेपाल रेडक्रसा सोसाइटी रोल्पा शाखा सभापति डी.वी. घर्तीमगर, उप सभापति टिका कुमार बुढामगर, कोषाध्यक्ष भिमबहादुर बुढामगर, नेपाल रेडक्रस सोसाइटी होलेरी शाखा सभापति लक्षिराम थापा, प्राविधिक अधिकृत उरगेश परसैला लगायतको आतिथ्यता थियो ।

You may also like