लुंग्री गाउँपालिकाले क्वारेन्टाइनमा बसेका ८३ जनालाई घर पठायो ।

रोल्पा समाचारदाता
लुंग्री, बैसाख २ रोल्पा


विश्वब्यापी महामारीका रुपमा फैलीरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण रोक्नका लागि लुंग्री गाउँपालिका रहेका विभिन्न क्वारेन्टनमा राखिएका ८३ जनालाई आज घर पठाएको छ । निरन्तर १४ दिनसम्म बस्दा पनि केही लक्षण नदेखिएपछि तिनीहरुलाई घर पठाइएको लुंग्री गाउँपालिकाका स्वास्थय संयोजक लेपेन्द्र बुढाथोकीले बताउनुभयो ।


लुंग्री गाउँपालिकामा खाना र वस्ने व्यवस्थासहित नेपालका विभिन्न स्थान त्यसमा भारतबाट आएका व्यक्तिहरुलाई आफ्नो समय पुगेपछि विदाई गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताउनुभयो । गाउँपालिका सिर्प, नम्जा, पाङको छिउडर, दाइबाङ, गोठेचार लगायतका स्थानबाट विदाई गरिएको थियो । ति व्यक्तिहरुलाई माक्स, सावुन लगायतको स्वास्थ्य सामाग्री प्रदान गरि पठाइएको थियो । लुंग्री गाउँपालिकाले नजिकैबाट आएकालाई पनि क्वारेन्टाइनमा राखेर घर पठाउँदैछ । अन्य आगामी दिनमा आउनेलाई पनि सोही बमोजिम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । यसरी समुदायले जागरुक रुपमा हुँदा संक्रमण रोखिने अनुमान गरिएको छ ।

You may also like