महान जनयुद्वका सह शुप्रिम कमाण्डर भट्टराईलाई समाजिक अभियान्ताद्वारा १८ बुढे खुल्ला पत्र


सुविनराज सिर्पाली
सामाजिक अभियान्ता
सम्मानित पूर्व माओवादी नेता, सम्मानित पूर्व प्रधानमन्त्री, दश वर्षे जनयुद्धको सह शुप्रिम कमान्डर चुनबाङ बैठकद्वारा माओवादी युद्धलाई शान्ति प्रकृयामा अवतरण गराउने नायक डाक्टर बाबुराम भट्टराई सर्व प्रथम अभिवादन, नमस्कार ।।
नयाँ शक्ति पार्टीबाट समाजवादी पार्टी बन्न सम्झौता भएको दिन भारतीय समाजवादी पार्टी भएको कुरा ईतिहासमा हुनेछ तपाई अब चाहेर कम्युनिस्ट नेता बन्न सक्नुहुन्न ।
१) महान जनयुद्धको अग्रणी नेता बाबुराम भट्टराई ज्यू दश वर्षे महान जनयुद्धमा तपाईका भाषण सुन्दा पनि मुक्तिको प्रत्याभूति हुन्थ्यो तर आज तपाई बोल्दा पनि कहिले काँग्रेसकोपछि सहकार्य, कहिले देश टुक्रा–टुक्रा पार्ने योजनाको नाईकेहरुसँग, कहिले जनयुद्ध विरोधिहरुसँग सहाकार्य के यहि हो हामी रुकुम रोल्पाबाट जनयुद्धको पछि लागेको मुक्ती ???


२) तपाई स्वयम् विस्तृत शान्ति सम्झौताको योजनाकार, रुकुम रोल्पा जस्ता देशका हिमाली र राज्यको सुबिधाबाट बञ्चित भएका हामी सोझा साझा जनतालाई जनक्रान्ती, मुक्तिको निम्ति परिवर्तनको निम्ति, झुठो आश्वासन दिएर आज शान्ती प्रक्रियाको सबै काम अधुरो छोडेर पार्टी खोल्दै नयाँ–नयाँ नामको पार्टीहरुसँग हात मिलाउँदै किन समय बर्बाद बनाउँदै हुनुहुन्छ ???
३) डाक्टर बाबुराम भट्टराईको अतिथ्यता छ रे भन्ने मात्र सुनेपनी रुकुम रोल्पाका जनताहरू कार्यक्रम स्थलमा जनताको सार्माथ्यले भ्याएसम्म तपाईको सुरक्षा तपाईको लागि आहारा बोकेर ल्याउने जनताहरू आज कुरा समाजवादको तर राजनीतिक पार्टीहरुसँग तपाईको हातेमालो हुँदा सरकारमा जानको लागि अवसरवादी नेता जस्तो तपाई सत्तामा पुग्नको लागि जनयुद्धको एजेण्डा नै बिर्सेर अब पुरै भारतीय बिस्तारवादी चिन्तन भएको झण्डामा किन पुग्नुभयो ???
४) रुकुम रोल्पा तपाईको लागि देशको उच्च ओडामा पुग्नको लागि मात्र रुकुम रोल्पाको भुमीलाई रक्तस्राव बनाउनु भएको हो ??


५) हिजोको परिस्थितिमा पहाडि जिल्लालाई भ¥याङ बनाउनु भयो अब मधेसी जनतालाई भ¥याङ बनाउन तपाईको पिएचडी पासले निर्णय गरेको हो ???
६) शान्ति भूमी नेपालका जनताहरुलाई लडाईमा फसाउँदै राज्यको उच्च पदमा जानकै लागि उच्च शिक्षा लिनुभएको हो भने हाम्रो केही लाग्दैन तर दश वर्षे जनयुद्ध जस्तै डर त्राशमा अब मधेसी जनता लाग्ने छैनन् त्यो सपना कदापी नराख्नुहोला ???
७) आज प्रचण्ड गद्वार भनेर दुई ओटा चिल्ला भाषण गरेर देश समवृद्ध बन्दैन, मधेश केन्द्रित दलसँग एकता राजनीतिक जीवनबाट समाप्ती हुनुको बाटो हो बरु, प्रचण्ड, विप्लव, बैध्य किरणसँग सहकार्य गर्नुहोस् । १७, ००० हजार नेपाली आमा बुबाको छोराछोरीको रगत बगेको दश वर्षे जनयुद्धले हो तपाई प्रधानमन्त्री भएको ती सहिदहरुको रगतले हो कदापी नभुल्नुहोसर ??
८) महान दश वर्षे जनयुद्धको प्रथम सहिद तपाईको गृह जिल्लामा जन्मिएका हुन् दिलबहादुर रम्टेल एउटा १४ वर्षे बालकको रगत तपाईको राजनिक यात्रा जात्रा थिएन हजारौं त्यो दिलबहादुरको रगत आम सर्बहारा वर्गहरुको थियो । तपाईहरुको अगुवाईमा चलेको समग्रह परिवर्तनमुखी जनआवाजको रगत थियो लत्ताकपडा सम्झेर पुस्ने काम नगर्नुहोस् ।
९) दलित, जनजाती, आदिबासी, अल्पसंख्यक समुदाय, मुस्लिम आदिको मुक्तिको लागि जनयुद्ध लर्डै छौं जनमुक्ती सेनालाई निर्देशन गर्नुभएकै हो । हामी सोझसझा रुकुम रोल्पाका जनताका छोराछोरी युद्धभूमिमा पाइला राखेकै हौ । आज शान्ति प्रकृयामा सिङ्गो पार्टीलाई लिएर जनयुद्धको बाँकी कार्याभार पूरा नहुँदै मकै लाउँदा लगाएको पिरती मकै पक्दा छुतो भनेझै तपाई किन पार्टी फेर्दै नयाँ नयाँ दलको नेता बन्दै हुनुहुन्छ के यहि हो तपाईको जनयुद्ध ????
१०) तपाई प्रधानमन्त्री भएकै हो, देशको सबै भन्दा ठूलो मन्त्रीमण्डल तपाईको थियो । कम्युनिष्ट नेताहरुभन्दा लामो समय शासन तपाईले चलाएकै हो । देशको अर्थतन्त्रमा तपाइकै मन्त्रीहरूले बढी भ्रस्टाचार गरेकै हुन् फेरि अहिले कुन दुनियाँमा नयाँ शक्ति, कुन दुनियाँमा समाजवाद खोज्दै हुनुहुन्छ ???
११) जनताको मौलिक अधिकारको स्थायी राजनीतिक एजेण्डा नआङ्गाल्ने हो भने नेपालि जनताको स्थायित्व सार्वभौम सत्ताको एजेण्ड नसाल्ने हो भने, जनयुद्धको सहिद, घाइते, अपाङ्ग, बेपत्ताहरुको बलिदानलाई कदर नगर्ने हो भने किन जनयुद्ध लडाएर मिलेर बसेको स्वभिमानी जनतालाई खाडिको मुलुकमा गुलामी बन्ने बनाई आफू चाहिँ सत्तामा जानलाई युद्ध चत्तक्कै बिर्सिनु भयो ???
१२) के तपाईकै प्रचण्ड, विप्लव, वैद्यलाई मात्र जनयुद्धको दोष थुपारेर आफू देशद्रोही मधेसी नेताको सरन लिएर समाजवादी बन्न सक्नुहुन्छ ?
१३) राजनीतिक दल खोलेर पार्टीको व्यापार गर्नुभन्दा जनयुद्धको रक्तस्राव युद्ध मैदानलाई नियालेर हेर्नुहोस म कसरी भए राजनेता, प्रधानमन्त्री भए भनेर ? अनि मात्र तपाईको स्थायित्व राजनीतिक व्यक्तित्व बन्न सक्नुहुनेछ ।
१४ बाबुराम भट्टराई अबसरको लागि, सत्तामा जानको लागि नै राजनीतिक गरेको रहेछ भन्ने पुष्टि गर्दै हुनुहुन्छ मधेसीदलसँगको एकताले प्रष्ट भन्दै छ । तपाई सत्तामा जानको लागि होइन भने तपाईकै सहपाठीहरुसँग एकता गर्ने होइन र ??
१५) देशको हरेक जिल्लामा युद्ध चलाउनुभयो । कसैको काख रित्तियो, कसैको सिउँदो रित्तियो, कसैको घरबार बिहिन भए, नाबालकहरू टुहुरा भए, आखिर के पाए, तपाईलाई प्रधानमन्त्रीसम्म बनाए, प्रधानमन्त्रीबाट बाहिरियसँगै जनयुद्धको एजेण्डा नै बिर्सुनुभएको हो ??
१६) जति मरे, जति बाचेउ, जति घाइते भए, जति बेपत्ता भए जति टुहुरो भए कति विधुवा भए,आखिर डाक्टर बाबुराम भट्टराई अन्तिममा भारतीय बिस्तारवादको नारामा झुन्डिएको देख्नलाई हो??
१७) केही आशा थियो नयाँ शक्ति बाबुरामको अब त्यो पनि बेचेर पुरै भारतिय समाजबादि पार्ती नेपालको नेता बाबुराम भन्ने नामको लागि रुकुम रोल्पाका जनताले तपाईलाई युद्धमा बचाएका हुन् ??
१८) अब तपाईको समाजवादी पार्टी नेपाली जनताको हितमा तपाईले चाहेर नि हुन सक्तैन । जनयुद्धमा जनता लडाउँदा भारतीय बिस्तारवाद भनी बाबुराम भट्टराईले गरेको भाषण जनताले सम्झिने छन् । तपाई रुकुम रोल्पामा पाइला नतेक्दा राम्रो किनकी जनताले भारतीय नोकर भन्ने छन् कहाँको त्यो भारतीय बिस्तारवाद ।

You may also like