विद्यालय बन्द हुँदा स्थानीय सीपको प्रयोगबाट खाली समयको सदुपयोग

विद्यालय बन्द हुँदा स्थानीय सीपको प्रयोगबाट खाली समयको सदुपयोग
जुनिश कुमार विष्ट
असाेज ३ गते (पोबाङ) रोल्पा


This image has an empty alt attribute; its file name is j4.jpg

रोल्पाको सुनछहरी गाउँपालिका– ७ जेल्बाङको रुल्बाङकी जेनिशा पुनमगर उमेरले अहिले १३ वर्षकी भइन् । उनी अहिले गाउँकै नेपाल राष्ट्रिय प्राथमिक बिधालय रुलबाङमा कक्षा ५ मा अध्ययन गर्दछिन् ।
विश्वभर फैलिएको कोभिड–१९ को कारण विद्यालय बन्द भएपछि जेनिशा पुनमगर बिहान साझ घरमा स्वःअध्ययन गर्दछिन् भने दिउँसो गोठालो जाने गर्दछिन् । वर्षातको समय भएकोले गोठालो जादा किताब लिएर अध्ययन गर्न गाह्रो हुने भएकोले अध्ययनको सातो अल्लो धागो काट्ने गर्दछिन् । विगत दुई वर्षदेखि फुर्सदको समयमा अल्लो धागो काट्दै आए पनि अहिले विद्यालय जान नपर्ने भएकोले दिनहुँ धागो काट्दै गोठालोमा बाख्रा चराउदै उनको दिन बिताउँदै छिन् । उनीले भन्छिन्,‘कोरोनाले गर्दा विद्यालय खुल्दै आजकाल स्वः बिहान साझ अध्ययन गर्दछु । विद्यालय जान मन लागे पनि के गर्ने विद्यालय खुल्दैन । घरमा बसी आमाबुबालाई सहयोग गर्ने काम मात्र भएको छ । दिउँसो गोठालो जान्छु । वर्षातको समय छ किताब बोकी गोठालो जान गाह्रो छ त्यसैले धागो काट्ने गर्दछु ।’
उनीले मासिक ३÷४ के.जी.सम्म धागो काट्ने गरेको बताउने बताउँछिन् । अहिले बजारमा अल्लो (पुवा) प्रति के.जी. १ हजार १ सय र भाङगो धागो प्रति के.जी. २ सय मूल्यामा बिक्री हुँदै आएको उनीले बताइन् । धागो आफै काटे पनि बिक्री आफ्नो आमाबुबाले गर्दै आएको बताउँछिन् । लामो समय शिक्षण संस्था बन्द भएपछि उनीले स्थानीय सीपको प्रयोगबाट सिक्दै आएका छिन् ।
साथै यस गाउँपालिकाको ५ नं. वडा माबाङनिबासी दिलमाया घर्तीमगर अहिले बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङ,रोल्पामा कक्षा १२ मा अध्ययन गर्दछिन् । उनी पनि लामो समय विद्यालय बन्द भएकोले बिहान साझ स्व अध्ययन गर्दछिन् भने दिउँसो लिबाङमै कम्प्युटर सिक्दै आएको बताइन् । उनी भन्छिन,‘घरमा त्यसै बस्नुभन्दा फुर्सदमा सीप पनि सिक्ने अध्ययन पनि गर्न पाइने भएकोले यहि बसी सीप सिक्दै आएको छु ।’ कोरोना भाइरसको महामारीको कारण घरमै बसी स्वः अध्ययन गर्नु र केही सीप सिक्ने विद्यार्थीहरुको बाध्यता भएको छ । यस वडाको जैमाका प्रवीन पुनमगर अहिले मेहलधारा माध्यमिक विद्यालय जैमामा कक्षा १० मा अध्ययन गरेको बताउनुभयो । पुनमगर पनि कोरोना भाइरसको महामारीको कारण विद्यालय लामो समय विद्यालय नखुलेपछि लिबाङ सदरमुकाममै बसी दिउँसो र साझ स्वः अध्ययन गर्नु हुन्छ भने बिहान डान्स (नाच) सिकिरहेको बताउनु हुन्छ । यि त प्रतिनिधि पात्र मात्र हुन् । कोभिड–१९ कोरोना भाइरसको महामारीको कारण लामो समयसम्म विद्यालयहरु नखुलेपछि विद्यार्थीहरु घरमै स्वः अध्ययन गर्नुको साथै केही सीपहरु सिकेर खाली समयको उपयोग गर्दै आएका छन् ।

You may also like