स्वर्गीय बिष्ट परिवारलाई विमा रकम हस्तान्तरण

स्वर्गीय बिष्ट परिवारलाई विमा रकम हस्तान्तरण
चन्द्र रोकामगर
मंसिर ६ गते (सुलिचौर–रोल्पा)


This image has an empty alt attribute; its file name is j.jpg

रोल्पा, सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर निबासी स्वर्गीय शिव बहादुर बिष्टको परिवारलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा गरेको विमा शनिबार सुर्योदय बचत तथा ऋण सहकारी संस्थाद्वारा सुलिचौरमा विमा रकम हस्तान्तरण गरेको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले उक्त रकम स्व. विष्टको परिवारलाई हस्तान्तरण गर्नुभएको हो । लघु अमृत बिमा बापत रु एक लाख ६५ हजार, बिमाङ्क रकम रु एक लाख ५० हजार र किरिया खर्च रु १५ हजार रकम उहाँले स्वर्गीय विष्टको छेरोलाई हस्तान्तरण गर्नुभएको हो । सुर्योदय वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम बुढाथोकीको अध्यक्षतामा रकम हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लि. रोल्पा शाखा प्रमुख मदन कुमार शर्माको आतिथ्यता थियो ।

You may also like