नेपाल सरकारबाट रोल्पा समाचारका सल्लाहकार डी.वी. टुहुरोसहित ३ जना रोल्पाली सम्मानित


रोल्पा समाचारदाता
असोज ३ रोल्पा


नेपाल सरकारले ‘संविधान दिवस २०७७’ को अवसरमा रोल्पा जिल्लाका ३ जनालाई सम्मान गर्ने भएको छ । सम्मानबाट रोल्पा समाचार साप्ताहिकका सल्लाहकार एवं साहित्यकार डि.वी. टुहुरो पनि सम्मानित हुनु भएको छ । नेपाल सरकारकाले घर्तीमगरसहित रोल्पाका २ जनालाई पनि सम्मान गरेको छ ।
नेपाल सरकारबाट सम्मानित ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने क्रममा रोल्पाका रोल्पा समाचार साप्ताहिकका सल्लाहकार एवं नेपाल रेडक्रस जिल्ला शाखा रोल्पाका सभापति साहित्यकार डीबी टुहुरो, जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत झगबहादुर फेवाली र विगतको जनयुद्धमा लामो समय योगदान गर्नुभएका परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका जयबहादुर घर्तीमगर सम्मानित हुनुहुने भएको छ । यसै अवसरमा रोल्पा अनलाइनसंग कुरा गर्दै साप्ताहिकका सल्लाहकार डी.वी. टुहुरोले आफूलाई सम्मान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । यसैगरी रोल्पा समाचार साप्ताहिकका प्रकाशक सम्पादक मानसिंह विश्वकर्माले पनि बधाई ज्ञापन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत झगबहदुर फेवालीले पनि आफू निरन्तर गरेको काम मुल्याङ्कन गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । यसैगरी जयबहादुर घर्तीमगरले विगतको महान जनयुद्धमा लागेर हालसम्म निरन्तर रुपमा गरिरहेको समाज परिवर्तनको आन्दोनलमा अझै लाग्ने प्ररेणा सरकारले दिएको प्रतिक्रिया दिनुभयो ।
उक्त सम्मान संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ । सरकारले सार्वजनिक गरेको सुची अनुसार आज संविधान दिवसका अवसरमा ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने भएको छ ।

You may also like