नेपाल मगर संघ रोल्पाद्वारा ऐपे पहिरो पीडितलाई राहत हस्तान्तरण

नेपाल मगर संघ रोल्पाद्वारा ऐपे पहिरो पीडितलाई राहत हस्तान्तरण
चन्द्र रोकामगर
असाेज १ गते पाङ–रोल्पा ।

This image has an empty alt attribute; its file name is m1-3.jpg


रोल्पाको, लुङग्री गाउँपालिका–१ ऐपेका पहिरो पीडित परिवारलाई नेपाल मगर संघ जिल्ला कार्य समिति रोल्पाले नगद रु २० हजार राहत हस्तान्तरण गरेको छ । राहतले पहिरो पीडित परिवारको दैनिक जीवनयापनमा थप सहयोग पुग्ने भएको छ ।
यस राहत रकम नेपाल मगर संघ केन्द्रीय समितिको आह्वान र अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायतद्वारा संकलित राहत पहिरो पीडितलाई नेपाल मगर संघ जिल्ला कार्य समिति रोल्पाले राहत हन्तान्तरण गरेको हो ।

This image has an empty alt attribute; its file name is m2-1.jpg

राहत हस्तान्तरणको प्रमुख अतिथि लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का, अथितिहरु लुङग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कम्मन गिरी, नेपाल मगर संघ जिल्ला कार्य समिति रोल्पाको सल्लाहकार कृष्ण बहादुर घर्तीमगर र नौलसिंह पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङग्री गाउँपालिका कमिटी–५ वडा अध्यक्ष रिख बहादुर रोकामगर, नेपाली नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिका संयोजक किमबहादुर बिष्ट, लुङ्ग्री गाउँपालिका–१ वडा सदस्य शिव घर्तीमगर, नेपाल मगर संघ लुङ्ग्री गाउँपालिका समिति अध्यक्ष मिना पुनमगरको आतिथ्याता राहत पीडित परिवारलाई हस्तान्तरण भएको हो । पीडित परिवारले राहत उपलब्ध बनाउनुभएकोमा सम्पूर्ण सहयोगी निकायहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

This image has an empty alt attribute; its file name is m3-1.jpg

राहत संकलनमा पहलन गर्नुहुने नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन रोकामगर, महा सचिव ज्ञानेन्द्र पुनमगर, मगर संघ बेलायत, अन्य सबै सहकर्मी र शुभेच्छुकहरुलाई नेपाल मगर संघ जिल्ला कार्य समिति रोल्पाको अध्यक्ष कुमबहादुर पुनमगरले धन्यवाद ज्ञापन व्यक्त गर्दै राहत हस्तान्तरण कार्यक्रमको समापन गर्नुभएको थियो ।

You may also like