रोल्पाका ५६५ गरिवहरुलाई निशुल्क मिटर बक्स वितरण

रोल्पा समाचारदाता
साउन ११ रोल्पा


ऊर्जा तथा जलश्रोत एवं सिचाई मन्त्री वर्षमान पुनमगरको पहलमा रोल्पा जिल्लाका ५६५ विपन्न घर परिवारलाई निशुल्क मिटर बक्स वितरण गरिने भएको छ । सो साउन १२ गते नेपाल विद्युत प्राधिकरण कार्यालय रोल्पाको प्राङ्गणमा कार्यक्रम गरि वितरण गरिने कार्यक्रमको आयोजना गरिएको छ ।
सो वितरणका लागि पूर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य ओनसरी घर्तीमगर आज विहान घोराहीबाट रोल्पा आई पुग्ने कार्यक्रम रहेको छ । रोल्पा जिल्लाका विद्युतीकरण कार्यक्रम अगाडि बढेका वडाहरुका आर्थिक तथा समाजिक रुपमा पछाडि परेका समुदायलाई वितरण कार्यक्रम राखिएको छ । नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख श्यामकुमार शर्माले कार्यक्रमको तयारी भइरहेको जानकारी गराउनुभएको छ ।
गाउँ गाउँबाट मितर बक्स लिन आउनका लागि समस्या भएकोले झनै आर्थिक रुपमा मार खेप्नु पर्ने भएकोले गर्दा लिबाङममा प्रतिनिधी मुलक वितरण गरे पनि अन्य मिटर गाउँ गाउँमै जनताको घरमै पु¥याउने कायृक्रम रहेको श्यामकुमार शर्माले बताउनुभयो । यो कार्यक्रमबाट आफू झै गरिवलाई राहत भएको रोल्पा न.पा. ७ का बले विश्वकर्माले बताउनुभयो । यस्ता कार्यक्रमहरुबाट अझै सञ्चालन गर्नु पर्ने विपन्न वगर्नहरुले माग गरेका छन् । यो कार्यक्रमबाट रोल्पा जिल्लाका कोर्चाबाङ, जंकोट, कोटगाउँ सिर्प, अरेष, तेबाङ, जैमाकसला लगायतका स्थानका नागरिकले पाउने भएका छन् ।

You may also like