सुरक्षित गभर्तपन र प्रजनन् स्वस्थ्य सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया

फागुन ५ गते ।
लिबाङ रोल्पा


“प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गर्भपतन, प्रजनन् स्वास्थ्य अधिकारको सम्मान” सुरक्षित गर्भपतन र प्रजनन् स्वास्थ्यको सुढृढिकरणका लागि सञ्चारकर्मीहरुसँग अन्तरिक्रया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष कासिराम डागीले स्वास्थ्यको दृष्टिकोणले पनि गर्भपतन गराउनु उपयुक्त होइन ।

त्यसैले गर्भपतनको चरणसम्म नै नपुग्नु स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त भएको बताउनुभयो । परिवार नियोजनको अस्थायी वा स्थायी साधानको प्रभावकारी प्रयोग भएमा पक्कै पनि गर्भपतन गर्नुपर्ने अवस्थामा पुगिदैन । त्यसैले अब गर्भपतनको कुराभन्दा पनि ति साधनहरुको प्रभावकारी प्रयोगतिर प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा थियो । मानिसहरु स्थानीय सञ्चारमाध्यहरुको पहुँच बढ्को क्रममा भएको हुँदा परिवार नियोजनका साधनहरुको प्रयोग र सुरक्षित गर्भपतन सम्धन्धि समाचार वा सन्दर्भ सामग्रीहरुलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्नुपर्ने संस्थापक अध्यक्ष डागीले बताउनुभयो । त्यसको निम्ती स्थानीयहरुले नीति तथा कार्यक्रम तय गरी प्रभावकारी कार्यन्वयतिर ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
त्यसैगरी सुरक्षित गर्भपतन सम्बन्धि स्वास्थ्य सहजकर्ता पिताम्बर सिग्देलले सञ्चारकर्मीहरुको भूमिकाको विषयमा सहजिकरण गर्नुभएको थियो । सञ्चारमाध्यमहरुले विभिन्न दृष्टिकोणबाट गर्भपनतको समाचार तथा सन्दर्भ सामग्री प्रकाशन तथा प्रसारण भएका छन् । तर, सुरक्षित गर्भपतनको समाचारहरु तथा सन्दर्भ सामग्रीहरु न्यून प्रकाशन तथा प्रसार हुँदै आएको उहाँले बताउनुभयो । साथै सामाजिक मूल्य मान्यताकै कारण पनि पत्रकारहरुलाई सुरक्षित गर्भपतनको समाचार संकलनमा नै चुनौति भएको बताउनुभयो । सञ्चारमाध्यममा व्यापक रुपमा सुरक्षित गर्भपतन समाचार तथा सन्दर्भ सामग्रीहरु व्यापक प्रकाशन तथा प्रसार भएको अवसथामा विस्तारै त्यस्ता गल्त धारणा अन्त्य भई यसको लागि सहज वातारण सिर्जना हुने धारणा व्यक्त गर्नुभयो । उहाँले सुरक्षित गर्भपतनको समाचार तयार गर्दा सञ्चारकर्मी र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारणमा पनि विशेष ध्यान पु¥याउन पुर्ने आवश्यक समेत उहाँले औल्याउनुभयो । त्यसैगरी यस जिल्लामा सुरक्षित गर्भपतनको अवस्थाको विषयमा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन कार्यक्रम अधिकृत प्रज्ञा वलीले प्रस्तुत गर्नुभएको थियो । उहाँले सूचिकृत संस्थाबाट सुरक्षित गर्भपतन गराउको संख्या भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

सामाजिक मूल्य मान्यताकै कारण अझै धेरै महिलाहरुले सूचिकृत नभएको नीजि मेडिलबाट पनि असुरक्षित गर्भपतन गराउँदै आएका छन् । जसले शारीरिक, मानसिक रुपमा धेरै समस्या भोग्नु पर्ने यस जिल्लाका महिलाहरुको बाध्यता छ । सोही समस्यालाई मध्यनजर गर्दै यस जिल्लामा सञ्चालित प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन कार्यक्रमबाट जिल्लाका वि

भिन्न स्थानहरुमा सूचिकृत संस्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको व्यवस्था भएको कार्यक्रम अधिकृत प्रज्ञा वलीले बताउनुभयो । स्वास्थ्य कार्यालय रोल्पाको निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पास नेपालको दिलकुमारी बुढामगरले गर्नुभएको थियो । भने स्वागत नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले गर्नुभएको थियो ।

You may also like