ऊर्जामन्त्रीको गृह जिल्ला रोल्पामा बाढी पहिरोले ७ घर भत्कीयो

ऊर्जामन्त्रीको गृह जिल्ला रोल्पामा बाढी पहिरोले ७ घर भत्कीयो
मानसिंह विश्वकर्मा
रोल्पा, भाद्र १९


रोल्पा नगरपालिका वडा नं. ८ जंकोटमा बाढी पहिरोले यस पटकको वर्षले धेरै जंकोटबासीलाई पीडित बनाएको छ । गत भाद्र ३ र ४ गते परेको अविरल बर्षालेका कारणले जंकोटबासीलाई पीडित बनाएको हो । जंकोटबासीको पीडालाई कम गर्नका लागि वडा अध्यक्ष एवं वाढी पहिरो पीडित राहत संकलन सहयोग समितिका संयोजक सनसिह बुढामगरको पहलमा राहत संकलन कार्य थालनी गरिएको छ ।
भाद्र पहिलो साता परेको अबिरल वर्षाका कारणले जंकोटबासीको घर भत्काएको छ भने बाली नाली पुरै नस्त गरेको कुरा वडा अध्यक्ष सनसिंह बुढामगरले रोल्पा समाचार साप्ताहिकलाई बताउनुभयो । उहाँले भन्नुभयोः–‘अब बाली भित्र्याउने बेलामा किसानहरु घरबास विहनि भएका छन् बाली नाली नस्त भएको छ, त्यो पीडा हेर्दा मलाई निकै पीडा बोध हुन्छ तर वडा सरकारले गर्ने भनेको पहल र रिफारिस मात्रै हो, ती गाउँबासीहरुको मलमपत्ती कसरी लगाउने हो कुनै उपाय छैन, यो कुरा पहिलो नै गर्नु पर्ने हो तर सोच्न नै सकेन कसरी के गर्ने, जहाँ गयो वडाभरी नै पहिरो छ, बाली नाली नस्त नै छ, जनता पीडा नै पीडामा छन् । ’ यो भनाई जनताको सेवामा विगत वर्गसंघर्षदेखि नै निरन्तर लागि राख्नुभएका हाल वडा अध्यक्षको जिम्मेवारी पाउनु भएको सनसिंह बुढामगरले आत्मै देखि व्यक्त गर्दा साच्चिैकै धेरै पीडा वडाले भोगको प्रस्त थाहा नै हुन्थ्यो । ”

सो वर्षातले  घरबासा, नम्ली, खुम्वासा, रङमसी र नान्दुङका ७ घर परिवार विहीन भएका छन् । यसैगरी मुलकोट, कुढर, नम्ली, रिसे, नान्दुङ, लाकुरीबाुङ र                 रङमसीका २४ घर परिवार उच्च जोखिममा रहेका छन् भने मुलकोट, कुढर, नम्ली, रिसे, नान्दुङ, लाकुरीबाुङका ४३ घर परिवार पनि जोखिम अवस्थामा रहेका छन् । तीनी परिवारहरुको अबस्था निकै दयनीय नै रहेको छ । 
सो वार्षातका कारणले भाङ्गाचौर गाँउ, तल्लो नम्ली ङाधारा गाँउ, भिटुङ घर , बनहर गाँउ, रिसेगाँउ, भुजेल खोरिया, कुढर, नम्ली ढुङबाङ गाँउ, झिडुङ गाँउका ७९ जना घर परिवारको बाली नाली बगाएको छ । सोलाई तत्बन्धन गर्ने गरी कार्य योजना तयार गरेको छ । यसैगरी संस्थागत संरचनामा सुनौलो आमा समुह भबन नम्ली (पुर्ननिर्मान गर्नुपर्ने, सुनौलो आमा समुहद्वारा संचालित पिसानी मिल नम्लीको पुर्ननिर्मान गर्नुपर्ने भन्दै संघ, प्रदेश र रोल्पा नगरपालिकाबाट पहल गरि दिनका लागि अनुरोध गरेको छ । यसैगरी  सरकारी संरचनाहरुमा  श्री नेपाल राष्ट्रिय आ.वि. नम्ली (पुर्ननिर्माण गर्नुपर्ने, श्री जनज्योति प्रा.वि. कुढर पुर्ननिर्माण गर्नुपर्ने, प्रशुति गृह बर्थिङ सेन्टर भबन नम्ली पुर्ननिर्माण गर्नुपर्ने अबस्था रहेको पनि वडा अध्यक्ष एवं समितिका संयोजक सनसिंह बुढामगरले बताउनुभयो ।     यसैगरी सो वर्षातले माडीचौर, जंकोट हुदै कुरेली मोटरबाटो अन्तरगत खमहर, धापाल खोल्सी, रङमसी,  सिल्कुङखोला,  खहरे भीर खण्ड, माडीचौर, बनहर, कुढर हुदै गैराखुटी मोटरबाटो, धाङ्रीखोला, भिटुङखोला, सल्क्वाङखोला, ख्वाक्वाङखोला र झिडुङखोल मोटरबाटो निर्माण  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका वडा अध्यक्ष हर्कबहादुर डाँगीले बताउनभयो । 
यसैगरी सो समितिले भुरेपानी खा.पा., नेचारी खा.पा., दिमखोला–लाखुरीबाङ खा.पा., साउनेपानी खा.पा., कापैखोला – बुढादेरा खा.पा.र साधिखोला – बागदुला खा.पा., हाङदुङ – माथलाको सामान्य मर्मत गर्नुपर्ने, दिमखोला– जंकोट खा.पा., सिल्कुङखोला – भामारुक खा.पा., पानी भर्ने खा.पा., धुपिडाँडा खा.पा.भाङ्गाचौर, रिसे खा.पा. जंकोट खा.पा., दिमखोला – कुटिबाङ माथला खा.पा., रिसे मुहान – दमाकुर खा. पा., तल्लो रिसे मुहान –  नम्ली  खा.पा., टोट्केखोला मुहान घरबासा, लुगाधुने खोला दमाकुर,  घुयलचौर घरबासा खा.पा. दिमखोला खोलाबाङ सिचाई आयोजना बृहत मर्मत गर्नेपर्ने समाजेवी युवा कुमबहादुर पुनमगरले बताउनुभयो ।  

राहत संकलन समितिले शुक्रबार पत्रकार भेटघाट एवं सरोकारवाला निकायको अन्तरक्रिया आयोजना गरेको छ । सो कार्यक्रममा समितिले कार्यपत्र प्रस्तुत वडा अध्यक्षले गर्नुभएको थियो । सो कार्यपत्रमा २०७७ साल भदौ ३ र ४ गते परेको अविरल वर्षाका कारण बाढी पहिरो गई व्यक्तिगत सम्पति घरबारी जग्गा, खानेपानी, मोटरबाटो, संस्थागत तथा सरकारी संरचनाहरुमा ठूलो क्षति भई जनजिबन समेत अस्तव्यस्त भएको यस घडिमा उक्त क्षेत्रको क्षति बिबरणको बारेमा स्थानिय जनप्रतिनिधि, बुद्धिजिवी र सरोकारवालाहरुसंग छलफल गर्दा यी संरचनाहरुको मर्मत, बृहत मर्मत तथा पुर्ननिर्माणको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारमा समेत माग निबेदन पेश गरि पहल तथा समन्वय गर्नका लागि समन्वयकारी भूमिका निर्बाह गर्न समितिको आबश्यक्ता महसुस गरि ९ सदस्य भएको राहत संकलन सहयोग समिति र ३ सदस्य भएको सल्लाहकार सर्बसहमतिय प्रणालीबाट समिति गठन गरिएको जानकारी गराइएको थियो । सो समितिले यस समितिको प्रथम बैठकको निर्णयानूसार पत्रकार तथा सबै सरोकारवालाहरुको वीचमा जानकारी गराई सहयोगदाता दानदाता स्थानिय सरकार, प्रदेश सरकार तथा संघीय सरकारमा समेत सहयोगको लागि हात अगाडी बढाउने उद्धेश्यले आयोजना गरेको समेत बताइएको थियो ।
समितिले क्षति भएका संरचनाहरुको लागि यस राहत संकलन सहयोग समितिको तर्फबाट आ–आफ्नो स्थानबाट सकेको सहयोग, सम्पर्क, समन्वय र आबस्यक पहलको लागि संघीय सरकार, प्रदेश सरकार, रोल्पा नगरपालिका, जिल्ला प्रशासन लगायत सरोकारवाला निकायलाई हार्दिक अपिल गरेको छ । समितिले यो महावित्तिमा सहयोग गरिदिनका लागि आम सरकारी कार्यालय, गैर सरकारी कार्यालय, उद्योगी, व्यावसायी, कर्मचारी, शिक्षक, सम्पूर्ण पेशा व्यावसायी लगायत सबै सहयोग दाताहरुलाई आह्वान गर्दै जंकोटबासीको पीडामा हातेमालो गर्नका लागि सबैलाई आग्रह गर्दै कार्यक्रममा आएर साथ दिनुभएकोमा तपाइहरु सबैलाई धन्यवाद व्यक्त गरेको थियो ।
शुक्रबार भएको जिल्लाको सरोकारवालाहरुको छलफल एवं सुझाव संकलन कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका कार्यबहाक प्रमुख कर्मलाल परियारले वर्षात एवं प्राकृतिक रुपमा आएको महाविपत्तीमा जंकोट एवं रोल्पा जिल्लामा भएको क्षतिबारेमा सबैको हातेमालो गरेर मात्रै विजय प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले सबैले सहयोग गरि दिनका लागि अपिल गर्नुभएको थियो । उहाँले जंकोटबासीको पीडामा मलमपत्ति लगाउनको लागि सबैको भावनात्मक, आर्थिक र नैतिक रुपमा सहयोग गरि दिनका लागि समेत आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरीप्रसाद घर्तीमगर, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वर्मा, पत्रकार महासंघका सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर, पत्रकार महासंघको उपाध्यक्ष एवं अबलोकनकर्ता देवी गुरुङ लगायतले राहत संकलन कार्य ढिलाई भएपनि स्वागत योग्य भएको, संघ, प्रदेश, स्थानीयतहले छिटो राहत प्रदान गर्नका लागि अनुरोध गर्नुभएको थियो । विज्ञहरुको टोली बोलाएर सो घटनाको अध्ययन गर्न समेत वडा सरकारलाई सुझाव पेश गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यमहरुहरुको सहभागीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष सनसिंह बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रोल्पा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हर्कबहादुर डाँगीले गर्नुभएको थियो ।
सो घटनाबारे बुझ्नका लागि विहिबार रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी, प्रमुख प्रशाशकीय अधिकृत मोहन पौडेलको टोली त्यहा पुगेर अध्ययन गरेको थियो । रोल्पा नगरपालिका उर्जामन्त्री वर्षमान पुनको पहलमा पनि राहत दिने कार्यको थालनी हुने बढी विश्वास गरिएको छ । आफूहरुलाई ढिलागरी आएको जानकारी अनुसार धेरै क्षति भएको र थप जोखिमलाई रोक्नका लागि पहल थालिएको ऊर्जामन्त्री वर्षमान पुनमगरले बताउनुभएको छ ।

यसैगरी पीडितका राहतको लागि खाता सञ्चालन गरी सहयोग अभियानमा जारी राखेको छ । पीडितका लागि जिल्ला समन्वय समितिका का.वा. प्रमुख कर्मलाल परियारले नगद २५ हजारको चेक हस्तातरण गर्र्नुभएको थियो ।
जनताहरुलाई पीडा परेको बेलामा घर दैलोको सरकारले छिटो भन्दा छिनो आकस्मिक राहत प्रदान गरी जनतालाई संघीयताले छिटो राहत दिएको अनुभूति बनाउनु पर्ने, पीडितलाई न्याय प्रदान गर्नु नै सबै भन्दा उत्तम विकल्प हो । त्यसैले सरकार, गैर सकारकारी निकायले र आम नागरिकले त्यसैले ढिला नगरी छिटो राहत दिएर मलमपत्ति लगाउनको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्दछ ।

You may also like