सुनिलस्मृति गाउँपालिकामा उपभोक्ता समितिले अब दश प्रतिशत मात्र श्रमदान

सुनिलस्मृति गाउँपालिकामा उपभोक्ता समितिले अब दश प्रतिशत मात्र श्रमदान
भाद्र ३० गते
सुलिचौर–रोल्पा


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले चालु आर्थिक वर्षदेखि सम्पन्न योजनाहरु उपभोक्ता समिति मार्फत सम्पन्न गर्दा १० प्रतिशत मात्र श्रमदानको व्यवस्था गरेको छ । अब उपभोक्ता समितिलाई योजना सम्पन्नमा सहज बन्ने भएको छ ।
यस गाउँपालिकाले उपभोक्ता समितिलाई अपनत्व तथा पूर्ण जिम्मेवारी बोध गराउन लागत सहभागितालाई १० प्रतिशत श्रमदानको व्यवस्था गरेको हो । गाउँपालिका स्थापनादेखिनै कुल वजेटको २० प्रतिशत श्रमदान गर्दै आएकोमा यस चालु आ.व. को पहिलो कार्यपालिका बैठकबाट विनियोजित वजेटको १० प्रतिशत मात्र श्रमदान गर्नुपर्ने कार्यपालिका वैठकले निर्णय छ । यस अघिका आ.व.हरुमा २० प्रतिशत गर्नुपर्ने श्रमदान प्रभावकारी नभएको भन्दै यस आर्थिक वर्षदेखि १० प्रतिशत मात्र श्रमदान गर्नुपर्ने र उपभोक्ता समितिहरुले सम्झौता गर्नु अगाडिनै विनियोजित कुल वजेटको १० प्रतिशत नगद रकम उपभोक्ता समितिको खातामा जम्मा गरेको भौचर गाउँपालिका पेशपछि मात्र योजनाको संझौता गर्ने गाउँपालिकाले तयारी गरेको छ । योजना निर्माण कार्यमा उपभोक्ता समितिले कुल वजेटको १० प्रतिशत बराबरको श्रमदान गरेमा जम्मा भएको १० प्रतिशत रकम उपभोक्ता समितिलाई फिर्ता गरिने र १० प्रतिशत बराबरको श्रमदान नगरेको पाइएमा सोहि जम्मा भएको १० प्रतिशत रकमबाट उपभोक्ता समितिले गर्नुपर्ने योजनामा खर्च गरि सोहि रकमबाट भुक्तानी गरिने गाउँपालिकाले बताएको छ ।

You may also like