उर्जा मन्त्री पुनमगरद्वारा उपलब्ध राहत ऐपेको पहिरो पीडितलाई राहत हस्तान्तरण

उर्जा मन्त्री पुनमगरद्वारा उपलब्ध राहत ऐपेको पहिरो पीडितलाई हस्तान्तरण
भाद्र ३० गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is l3-1024x768.jpg

संघीय सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगरद्वारा लुङ्ग्री गाउँपालिका–१ पाङ ऐपेका पहिरो पीडितलाई आइतबार राहत सामाग्री उपलब्ध भएको छ । पीडितलाई दैनिक जीवन यापनमा सहज बन्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी सदस्य लाल बहादुर घर्ती सहित एक टोलले उक्त राहत सामाग्री हस्तान्तरण गरेको छ ।

This image has an empty alt attribute; its file name is l2-1024x768.jpg

पीडितलाई पीडितलाई परिवारलाई दुई कुइन्टल चामल, एक पेटी तेल, एक थान त्रिपाल, १५ के.जी. दाल, दुई पाकेट स्वीबन, नुन १० के.जी. राहत सामाग्रीले दैनिक जीवनमा सहजता बनेको छ । राहत हस्तान्तरणमा नेपाली काँग्रेस पार्टीको प्रतिनिधि सुर्ज घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका–१ पाङ ऐपे टोल कमिटी अध्यक्ष सोमबहादुर घर्तीमगर सहित सरोकारवाला निकायहरुको सहभागिता थियो । गत शुक्रबार राती १२ः०० तिर पहिरोमा पुरिएर दुई बालको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट र प्रदेशबाट उपलब्ध राहतका समन्वय भएको लाल बहादुर घर्तीले बताउनुभयो । साथै अन्य विभिन्न सहयोगी निकायहरुसँग पनि राहतको विषयमा समन्वय भइरहेको उहाँको भनाई छ ।

You may also like