पीडितलाई सहयाेग गर्नु हामी सबैकाे धर्म हाेः सामाजिक अभियान्ता एवं कलाकार इन्द्र पाखे मगर

आर्थिक अभावकै कारणले उपचार नहुँदा विभिन्न रोगको पीडाबाट जिल्लाबासीहरु छटपटाउनु पर्ने बाध्यता छ । तर, मानवीय नाताले पनि विभिन्न सहयोगी मनकारी मनहरुबाट आर्थिक संकलन गरी विभिन्न रोगका पीडितहरुको उपचारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको अवस्था छ । यसको एक पात्र रोल्पा नगरपालिका–६ नं. वडा रोल्पा निबासी एवं रोल्पाली कलाकार, व्यवसायी इन्द्र पाखे मगर हुनुहुन्छ । पाखे मगरको विशेष पहल आवश्यक रकम संकलनबाट यस जिल्लाका विभिन्न ठाउँका निम्न वर्गका विरामीहरुको सय जनाको भन्द बढीको उपचार भएको छ । यसरी सामाजिक अभिायन सञ्चालन गर्दै गर्दा पनि विभिन्न नकरात्मक आरोपबाट पनि सामाजिक अभियान्ताहरुले छुट पाउन सकेका छैनन् । उहाँसँग सामाजिक अभिायनमा उपचार भएका विरामीको अवस्था, उपचार विरामीको संख्या, अभियानमा आर्थिक पारर्दशिता, सहयोगी निकायहरुको भूमिका सहितका अन्य विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
कुन कार्यमा व्यस्त हुनुहुन्छ ?
म अहिले व्यवसाय, गीत संगित सहित दुःखी असायको अभियानमा व्यस्त छु ।
हजुर कलाकार, व्यवसायी कसरी सामाजिक अभियानमा समय व्यवस्थापन गर्दै आउनुभएको छ ?
म सामान्य कलाकार ठान्छु आफूलाई र रोल्पा सदरमुकाम लिबाङ रञ्जेल यस जिल्लाका दीन दुःखी, असायहरुको उद्वार गरी रोल्पालीलाई केही सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्वेश्यले म सामाजिक अभियानमा समय व्यवस्थापन गर्दै आएको छु ।
सामाजिक अभियान्ताको भूमिका निर्वाह गर्दै गर्दा कस्तो अनुभूति गर्नुभएको छ ?
अवश्य नै सर काम गर्दा अरोह अवरोह अवश्य हुन्छ नै । कसैबाट सकरात्मक प्रतिक्रिया आउँछन् भने कसैबाट नकरात्मक अवश्य आउनु यो हाम्रो नेपाली प्रचलन नै छ । जस्तो भएपनि निम्न वर्गलाई सहयोग गर्न पाउँदा खुसी नै छु ।
अभियानको क्रममा कस्ता अभियानलाई विशेष प्राथमिकता दिँदै आउनुभएको छ ?
आर्थिक अभावमा छटपटाई रहेका विरामीहरुको पारिवारिक आर्थिक अवस्था, निम्न वर्गलाई सहयोग गर्न कोही नभएका विरामीहरुलाई आर्थिक संकलन अभियानमा विशेष प्राथमिकता दिँदै आएको छु ।
कुन–कुन आधारमा त्यस्ता अभियानहरुलाई प्राथमिकता दिनु हुन्छ ?
निम्न वर्ग, क्यान्सर पीडित, मुटु रोगी, मृगौला, पाठेघर, छाला रोगी, नसा रोगीहरुलाई विशेष प्राथमिकताबाट उपचारका लागि आवश्यक रकमको पलह गर्दै आएको छु ।  हालसम्म कति अभियानहरुमा सफल्ता पाउनुभयो ?
हालसम्म निम्न वर्गका ५० जना विरामीहरुको उपचार भएको छ भने एक जनाको अभियान जारी छ सर ।
आर्थिक संकलन जस्तो जटिल अभियानमा कसरी सफल्ता पाउनुभएको छ ?
एकदम सर यो विषय भनेको जटिल विषय हो । संका उपशंका हुने ठाउँ पनि यही हो । मैले अहिलेसम्म सयांै विरामीको उपचार्थका लागि आर्थिक संकलन गरी विरामीको आफन्तको वा विरामीको खातामा संकलन भएको रकम जम्मा हुन्छ । उपचारमा इमान्दारी मानिसलाई पठाई अस्पतालको खर्च विवरण विलबाट नै आर्थिक पारर्दशिता गर्दै आएको छु ।
हजुरबाट सञ्चालित अभियानबाट उपचार्थ विरामीहरुको अवस्था बताइदिनुहोस्, न ?
मबाट आर्थिक संकलन अभियानबाट उपचारमा पठाइएका प्रया सबै विरामीहरुको उपचार सफल भएको छ । तर, रोल्पा नगरपालिका–९ ह्वामा रोल्पा निबासी भिरमान बुढा मगरको उपचार अलि ढिलाई भएर उपचारमा कठीन भएको छ । उहाँलाई अझै पनि मेरो तर्फबाट स्वास्थ्य लाभको कामना गर्दछु ।
अभियानको क्रममा कस्ता चुनौतिहरु भोग्नु भएको छ ?
त्यही त हो, आर्थिकको मामिलामा अलि चित्त दुख्ने प्रश्न आउनु, कमिसन आउँछ कि ? प्रश्न नियमित आउँछ । तर, मबाट निम्न वर्गका विरामीहरुको उद्वारमा थप सहयोग गरेको मात्र हो ।
आर्थिक संकलनमा कुन–कुन माध्यमको प्रयोग गर्दै आउनुभएको छ ?
सकभर विरामीको खातामा नभए उहाँहरुकै नागरिकताको नामबाट उहाँहरु सँगसँगै संकलित रकम निकालेर विरामीलाई बुझाउँछु ।
अभियानमा सक्रिय जिम्मेवारी निर्वाह गर्नु हुने सहयोगि निकायहरुको भूमिका प्रति हजुरको धारणा के छ ?
म एउटा पहल कर्ता मात्र हो । अभियानको सफल जिम्मेवारी देश वा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुको हो । मभन्दा नी उहाँहरुको योगदानबाट यो मबाट सञ्चालित आर्थिक संकलन अभियानले सफल्ता पाएका छन् । अभियानमा सहयोगी भूमिका निर्वाह गर्नुहुने सहयोगी निकायहरुलाई मेरोतर्फबाट हृद्यदेखि नै आभार प्रकट व्यक्त गर्दछु ।

सामाजिक अभियानप्रति सरोकारवाला निकायहरुको धारणा कस्तो पाउनुभयो ?
आर्थिक अभावमा छटपटाई रहेका विरामीहरुको उपचारका लागि थप रकम संकलनका लागि सञ्चालित अभियानमा सरोकारवाला निकायहरुले सहानुभूति व्यक्त गर्दै आउनुभएको छ । दीन दुःखुलाई जटि सकिन्छ त्यति नै सहयोग धर्म भएको हुँदा सरोकारवाला सहयोगी निकायहरुले सक्दो सहयोग गर्दै आउनुभएको छ । मबाट सञ्चालित अभियानमा हातमा हात जोडेर सकारत्मक सल्लाह सुझाव सहित सक्दो आर्थिक सहयोग गर्दै आउनुभएको छ । सहयोगी निकायहरुले तपाईबाट सञ्चालित आर्थिक संकलित रकम अभियान आफैमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्दै आउनुभएको छ । उहाँको सकारत्मक सल्लाह सुझाव, सकरात्मक धारणाले मलाई थप आर्थिक अभावमा छटपटाई रहेका विरामीहरुको उपचारमा आवश्यक रकम संकलनमा मलाई उर्जा मिलेको छ ।
आर्थिक अभावमा छटपटाई रहेका विरामी र विरामीका आफन्तजनहरुलाई के भन्नु हुन्छ ?
आर्थिक दृष्टिकोणले हामी सबै सम्पन्न हुन सक्दनौं, जसको परिणाम स्वरुप हरेक कुरामा संघर्ष गर्नुपर्ने बाध्यता छ । तर, आर्थिक अभावले उपचारमा छटपटाई राख्नु आफैमा दुःखत कुरा हो । विभिन्न कारणले लामो समयसम्म उपचार हुँदा विरामीले रोगबाट धेरै पीडित बन्नु पर्ने बाध्यता छ । समयमा नै कुनै पनि रोगको उपचार भएमा पक्कै पनि उपचार सम्भव छ । मसँग पनि समयमा नै सम्पर्क भएमा थप रकम संकलन अभियान सञ्चालन गरी आर्थिक संकलन गर्न सकिन्छ । अहिलसम्म आर्थिक संकलनबाट नै धेरै जना विरामीको उपचार भएको छ । त्यसैले आर्थिक अभावमा उपचार नभई पीडा पीडामै छटपटाई रहेका विरामीहरुको आफन्तजनहरुलाई समयमा नै सम्पर्कका लागि हार्दिक अनुरोध गर्दछु ।
अन्तिममा केही कुरा छुटेका छन्, कि ?
यो अभियानमा देश विदेशमा बस्नु हुने सबै नेपालीहरुले सक्दो सहयोग गर्नुभएको छ । मनकारी मनहरुको आर्थिक सहयोगबाट धेरै विरामीहरु सञ्चो पनि हुनुभएको छ । आगामी दिनमा पनि ति मनकारी मनहरुबाट सक्दो सहयोग गर्नु हुनेछ । अन्तिममा मबाट सञ्चालित सामाजिक अभियानको सम्बन्धि मेरो धारणाहरु पाठक वर्गसम्म पु¥याउने अवसर दिएको यस पत्रिका सम्पूर्ण टिम प्रति आभार प्रकट गर्दछु ।

You may also like