नगर प्रमुख पुर्ण के.सी.द्वारा कलेजो क्यान्सर पीडित भिरमान बुढा बचाऔं अभियानमा संकलित रकम परिवारलाई हस्तान्तरण

नगर प्रमुख पुर्ण के.सी.द्वारा कलेजो क्यान्सर पीडित भिरमान बुढा बचाऔं अभियानमा संकलित रकम परिवारलाई हस्तान्तरण
साउन १८ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिका–९ ह्वामा रोल्पा निबासी कलेजो पीडित भिरमान बुढा बचाऔं अभियानबाट संकलित रकम नगर प्रमुख पुर्ण के.सी.द्वारा रु १ लाख ७५ हजार ४६० रुपैया बुढाको छोरी देउकला कुमारीलाई आज हस्तान्तरण गर्नुभएको छ । यस सहयोग रकमले कलेजो पीडित बुढामगरको उपचारमा थप आर्थिक सहयोग पुग्ने भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुख अतिथि पुर्ण के.सी.ले भन्नुभयो,‘सरकारले नागरिकको उपचारको जिम्मेवारी हो । नागरिकको उपचारमा सरकारको जिम्मेवारीमा विभिन्न समाजिक अभियान्ताहरुको अभियानबाट थप सहयोग पुगेको छ । यसको एक उदाहरण समाजिक अभियान्ता इन्द्र पाखे मगरको नेतृत्वमा सञ्चालन रोल्पा नगरपालिका–९ भिरमान बुढा बचाऔं अभिायन हो । यस्तै अभियानबाट थुप्रै नागरिकहरुको उपचारमा सम्भव भएका छन् । आर्थिक अभावमा रोगको पीडाबाट छटपटाई रहेको विरामीलाई यस्ता सामाजिक अभिायानले आत्मबल वृद्धिमा समेत सहयोग पुग्छ’उहाँले भन्नुभयो‘ यो अभियानको नेतृत्व इन्द्र पाखे मगर सहित अभियानमा सहभागि अभियान्ताहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद । यस्ता विरामीहरुले नगरपालिकाबाट सिफारिस सहित उपचारमा गएको अवस्थामा केही रकमको व्यवस्था भएको हुँदा नगरबासीहरुलाई म अनुरोध गर्दछु ।’


त्यसैगरी रोल्पा नगरपालिका–९ नं. वडा अध्यक्ष निमबहादुर घर्तीले सामाजिक अभियान्ता इन्द्र पाखे मगरको नेतृत्वमा सञ्चालन गरेको भिरमान बुढा बचाऔं अभियानले दीन दुःखीहरुको साथमा मनकारी मनहरु साथ रहेको बताउनुभयो । उहाँले कलेलो क्यान्सर पीडित बुढाको उपचारका लागि आर्थिक संकलन महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएकोले अभियानको नेतृत्व सहित अभियानमा सहभागि अभियान्ताहरुलाई वडा कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । यस अभियानमा जम्मा रु १ लाख ७५ हजार ४६० संकलन भएकोमा उपचारमा रु ५८ हजार ५०४ भएको थियो भने बचत रकम रु १ लाख १६ हजार ९५६ रुपैया कलेजो क्यान्सर पीडित बुढाको छोरी देउकला कुमारी बुढालाई नगर प्रमुख पुर्ण के.सी.ले गर्नुभएको थियो । यस अभियानमा आर्थिक सहयोग गर्नुहुने सहयोगिदाताहरुको नामवलि र रकमको प्रस्तुत विनायक बुढा मगरले गर्नुभएका थियो । विनायक बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर सहित अन्य पत्रकारहरुको सहभागि थियो । भिरमान बुढा बचाऔं अभियानको अभियान्ता इन्द्र पाखे मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागि अतिथिहरुलाई धन्यवाद नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवशेनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माले गर्नुभएको थियो ।

You may also like