अर्काे सूचना जारी नहुँदासम्म कोरोना पुष्टि भएको गुरुङ गाउँ र धबाङलाई सिलसँगै छिमेकी वडाहरुको बजारमा पूर्ण लक डाउन

अर्काे सूचना जारी नहुँदासम्म कोरोना पुष्टि भएको गुरुङ गाउँ र धबाङलाई सिलसँगै छिमेकी वडाहरुको बजारमा पूर्ण लक डाउन
साउन ३ गते
लिबाङ–रोल्पा


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शनिबार लिबाङमा सम्पन्न बठैकबाट अर्काे सुचना जारी नुहँदासम्म कोरोना पुष्टि भएको गुरुङ गाउँ र धबाङलाई सिल गर्ने र छिमेकी वडाहरुको बजारहरुमा पूर्ण रुपमा लक डाउन लागू गर्ने निर्णय पारित भएको छ । यस जिल्लामा कोरोना भाइरसको त्रास विगतकोभन्दा बढि बढेको छ ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० मा १२ जना र सोही नगरपालिका–४ मा १ जनामा नोबेल कोरोना भाइरस संक्रमित पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट कोरोना संक्रमित गाउँ गुरुङ गाउँ र धबाङलाई सिलसँगै छिमेकी वडाहरुको बजारमा पूर्ण रुपमा लक डाउन लागू गर्ने निर्णय पारित भएको हो । यि १३ जना संक्रमितको पिसिआर रिर्पाेट शुक्रबार भेरी अस्पताल नेपालगञ्जले सार्वजनिक गरेको थियो ।

ति मध्ये एक जना पिसिआर रिर्पाेट प्राप्त अगावै रोल्पा नगरपालिका–४ गुरुङ गाउँ, लिबाङ बजार सहित क्षेत्रमा खुला रुपमा हिडडुल गरेको जानकारी प्राप्त भएकोले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि मिति २०७७ साल साउन महिनाको ३ गते दिउँसो १२ः०० बजेदेखि लागू हुने गरी अर्काे सूचना नभएसम्मको लागि रोल्पा नगरपालिका–४ गुरुङ गाउँ र सोही नगरपालिकाको १० नं. वडाको धबाङ (साविक १,२ र ३ वडा) क्षेत्रलाई सिल गर्ने र मिति २०७७ साल साउन महिनाको ४ गते बेलुका ६ः०० बजेदेखि रोल्पा नगरपालिकाको १,२,३ र ४ नं. वडा बजार क्षेत्रलाई पूर्ण रुपमा लक डाउन गर्ने, जिल्ला अस्पताल, जिल्ला समन्वय समिति, रोल्पा नगरपालिका र सम्बन्धित वडा अध्यक्षको समन्वयमा कोरोना संक्रमित भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र पहिचान भएका मानिसहरुको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउने, लक डाउनको अवधिमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संघ संस्थाहरु खुला गर्ने तर, सेवा प्रवाह बन्द गर्ने निर्णय, लक डाउनको अविधमा स्वास्थ्यसँग सम्बन्धित कार्यहरु शुचारु गर्ने, सिकिस्त विरामीले एम्बुलेन्सको प्रयोग गर्ने र अति आवश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी पास बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने, यस जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यस नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा पटक–पटक जारि गरिएका सूचना÷आदेशहरुको पूर्ण रुपमा पालन गर्न समेत सर्वसाधरणलाई अनुरोध गर्ने, यस जिल्लामा कोभिड–१९को संक्रमिण बढ्दै गएको सन्दर्भमा यसको नियन्त्रण तथा रोकथामको लागि तपसिल बमोजिमका स्वास्थ्य सामाग्रीहरु CCMC, नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, काठण्डौं, ५ नं. प्रदेश CCMC, ५ नं. प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयसँग VIM १ हजार, PPE सेट ५ सय र सेनिटाइजर ५० लिटर माग गर्ने निर्णय पारित भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको अध्यक्षतामा सम्पन्न बैठकमा खद्गदल गण रोल्पाको गणपति सुधिर के.सी, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रमुख प्रहरी नायव उपरिक्षक चित्र बहादुर गुरुङ, सशस्त्र प्रहरी बल गुल्म हे.क्वा रोल्पाको प्रमुख स.प्र.ना.उ. कर्ण बहादुर बुढामगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रोल्पा प्र.अ.अ. लक्ष्मण चौधरी, रोल्पा नगरपालिका कार्यालय रोल्पाको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, रोल्पा अस्पताल रेउघा रोल्पाको प्रमुख डाक्टर धनमाया घर्तीमगर, जिल्ला प्रशासन कार्यालय, रोल्पा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर के.सी, स्वास्थ्य कार्यालय, रोल्पा नि.प्रमुख लक्ष्मण के.सी.को सहभागिता थियो । त्यसैगरी यस बैठक विशेष आमन्त्रित अतिथिमा रोल्पा नगरपालिकाको नगर प्रमुख पुर्ण के.सी, जिल्ला समन्वय अधिकारी टंकराज गौतम, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)रोल्पा जिल्ला सचिव हरि प्रसाद घर्ती, नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको कार्य बाहक सभापति किशोर कुमार आचार्य, रोल्पा नगरपालिका–४ नं. वडा अध्यक्ष नवराज आचार्य, रोल्पा नगरपालिका १० नं. वडा अध्यक्ष मानबहादुर खत्री, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको उपाध्यक्ष केशव कुमार आचार्यको आतिथ्यता थियो ।

You may also like