क्रान्तिकारी नेता एवं पूर्व सांसद बरमन बुढामगरको निधन

मानसिंह विश्वकर्मा
७ साउन लिबाङ ।


कम्युनिष्ट एवं जनयुद्धको उद्गम रोल्पाको थबाङ घर भएका पुराना कम्युनिष्ट नेता एवं पूर्व सांसद बरमन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान उहाँको ९० वर्षको उमेरमा निधन भएको हो ।
विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । सानै उमेरदेखि कम्युनिष्ट विचारमा रही अन्याय अत्यचारको विरुद्धमा संघर्ष गर्दै कम्युनिष्ट आन्दोलनलाई निकै गति दिनुभएका बरमन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बन्नुभएको थियो । २०४८ सालको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट संयुक्त जनमोर्चाका तर्फबाट चुनाव जितेका बर्मन बुढाले २०४८ सालमा रोल्पाका २ क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट बुढा विजयी भएका बन्नुभएको थियो । रोल्पाको २ नं. क्षेत्रबाट निर्वतमान सभामुख कृष्णबहादुर महरा विजयी बन्नुभएको थियो । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व रोल्पाबाट निर्वाचित कृष्णबहादुर महराले गर्नुभएको थियो ।
जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा हुनुहुन्थो । साधा जीवन नै कम्युनिष्टहरुको मुख्य सँस्कृतिक भएको आदर्शबाट अडिग नेताले रोल्पा जिल्लाका कम्युनिष्ट आन्दोलनमा सरिक बनाउने कार्यमा अग्र भूमिका नै खेल्नुभएको थियो ।
गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा उहाँ जेल पर्नुभएको थियो । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उहाँलाई कम्युनिष्ट बनाएको थियो । त्यसपछि २०१२ सालमा थबाङ फर्किएर उहाँले कम्युनिष्टको बिजारोपण गरेको बताइन्छ । बुढामगर रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य बुढाको उपचारको क्रममा निधन भएको पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सार्वजनिक गरेका थिए ।
आफ्नो पन र सामान्य जीवनशैलका बुढामगर २०४८ सालमा पार्टीको जिल्ला सचिव बनेका बुढा सांसद् भएपछि छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर सिंहदरबार छिर्ने सम्भवतः पहिलो व्यक्ति हुन् । यस्तो खालको पोशाकले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।


पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा तत्कालीन नेकपा (माओवादी) ले सञ्चालनको गरेको जनयुद्धमा पनि सक्रिय सहभागी बन्नुभएको थियो । कहिले पनि पद न माग्ने र दिएको जिम्मेवारीलाई जस्तो सुकै अवस्थानामा भूमिका पूरा गर्ने, आदर्शबादी नेताको रुपमा चिनिनुहुन्छ । उहाँको निधनले सबै नेताहरु दुखिद भएको बताइएको छ । उद्गगम थलो थवाङकाका धरोहर तथा आदर्शका प्रतीकका रुपमा परिचित बुढाको निधनले सिंगो कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ । आज थबाङ, रोल्पामा शोकले छाएको छ ।


बामपन्थी नेता बुढामगरको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले बुधबार एक शोक वक्तब्य जारी गर्नुभएको छ । उक्त वक्तव्यमा भनिएको छ –“९० वर्षका बुढा रोल्पा मात्र नभई नेपालको सिंगो वामपन्थी आन्दोलनका उदाहरणीय पात्र हुन् । नेकपाका कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढाको निधनप्रति समवेदन व्यक्त गर्दछु । अध्यक्ष प्रचण्डले भन्नुभको छ, नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो । उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”
सामान्य जीवन जिउने बुढामगरलाई राजा विरेन्द्रले खवर पठाएका थिएः –“बिरेन्द्रलाई लाज भयो रे तिमी दौरा सरुवालमा आउनु पर्छ बरु म ब्यवस्था गरिदिन्छु भनेपछी म लगाउदिन । यो मेरो आफ्नो मौलिक पोसाक हो मगर पोसाक मलाइ यहि ठिक छ तपाइले तेसै दिएपनी म लगाउदिन ।” पुर्व सांसद बर्मान बुढाले राजालाई यसरी हिम्मतका साथ जवाफ फर्काउनुभएको थियो ।
देशको एउटा कम्युनिष्टमा हुनु पर्ने आदर्शवादी नेता बरमन बुढालाई पद, पैसाले कहिले पनि प्रभावित पार्न सकेन । त्यसैले उनी सबैको लागि प्रेरणा एवं आदर्शका मार्गदर्शक बन्नुभएको छ । रोल्पाली सबै कम्युनिष्ट नेताहरुलाई विकास गराउने यात्रामा लागेका बुढाको निधनमा जिल्लामा जिल्ला समन्वय समिति रोल्पा, कम्युनिष्ट पार्टीहरुद्वारा रोल्पा विविध कार्यक्रम गरी शोक मनाउने तयारी भएको छ ।

You may also like