सूर्याेद्य लघुबित्त बित्तिय संस्थाद्वारा रोल्पा नगरपालिकाको बिपद् व्यबस्थापन कोषमा रु दश हजार रकम सहयोग

सूर्याेद्य लघुबित्त बित्तिय संस्थाद्वारा रोल्पा नगरपालिकाको बिपद् व्यबस्थापन कोषमा रु दश हजार रकम सहयोग
जेठ, १६ गते
लिबाङ–रोल्पा ।


सूर्याेद्य लघुबित्त बित्तिय संस्था लिमिटेड लिबाङ शाखाद्वारा रोल्पा नगरपालिकाबाट स्थापना बिपद् व्यबस्थापन कोषमा आज रु दश रकम सहयोग प्रदान गरेको छ । यस सहयोगले नगरपालिकालाई विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।
यस नगरपालिकाको नगर प्रमुख पूर्ण के.सीलाई संस्थाको शाखा प्रमुुख राम चन्द्र पौडेलले प्रदान गर्नुभएको हो । उहाँले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषामा रु दश हजार रकम सहयोग गरेकाको संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । यस संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुले कारोबार गरिरहेको सबै खाले कर्जामा चौथो त्रैमासिक अवधिमा ३ प्रतिशत व्याज छुट दिई राहत दिईएको शाखा प्रमुुख राम चन्द्र पौडेलले जानकारी दिनुभयो । साथै भाईरस महामारी रुपमा फैलिरहेको अवस्थामा आयस्तरका स्रोत कमी हुदै आएकोले आबद्ध सम्पूर्ण सदस्यहरुलाई चौथो त्रैमासिक अबधिमा सबै कर्जामा ३ प्रतिशत व्याज पनि छुटको व्यवस्था भएको उहाँले बताउनुभयो । शाखाले विभिन्न स्थानमा समूह मार्फत बित्तिय सेवा सहित लघु व्यवसायीमा ति समूहका सदस्यहरुलाई सहजिकरण गर्दै आएको छ ।

You may also like