नेपाल पत्रकार महासंघका अध्यक्ष मानसिंह बिकद्वारा अग्नी पीडित परिवार एवं बालवालिकालाई राहत प्रदान

रोल्पा समाचारदाता
२०७४ माघ २४ पञ्किोट घोडागाउँ

माघ १३ गते शनिबार सुवर्णावती गाउँपलिका १ घोडागाउँ पञ्चिकोट रोल्पाका ७ घर अग्नी पीडितलाई नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिकका प्रकाशक सम्पादक तथा सम्पादक मानसिंह विश्वकर्माद्वारा नगद तथा स्टेनशरी प्रदान गर्नुभएको छ ।


आग्लागी पश्चात पञ्चिकोटमा पुग्नुभएका विश्वकर्माले आग्लागी पीडित नरीमा घर्तीमगर, नरेन्द्र पुनमगर, कुमारी पुनमगर, अमरबहादुर घर्तीमगर, पवी घर्तीमगर, कृष्णबहादुर घर्तीमगर र किशोर घर्तीमगर गरी ७ जनालाई प्रति घर परिवारलाई १÷१ हजार प्रदान गर्नुभएको थियो । साचार संकलनका लागि पञ्चिकोट पुग्नु भएका विश्वकर्माले माघ १६ गते नगद १ हजार प्रदान प्रदान गर्नुभएको थियो । सोही दिनमै अग्नी पीडित परिवारका बालबालिकालाई रोल्पा समाचार तथा न्यू रोल्पा स्टेशनरीबाट स्टेशनरी प्रदान गर्ने घोषणा गर्नुभएको थियो । रोल्पा समाचार तथा स्टेशनरीको व्यवस्थापनमा प्रदान गरिएको स्टेशनरी प्रदान पूर्व अर्थमन्त्री एवं प्रतिनिधी सभा सदस्य वर्षमान पुनमगर, निवर्तमान सभामुख ओनसरी घर्तीमगरले प्रदान गर्नुभएको हो । अग्नी पीडित ९ जना बालबालिकाहरु बाल विकास केन्द्र पञ्चिकोटमा अध्ययनरत
कक्षा १ मा अध्ययनरत दिनेश घर्तीमगर, बुद्धिराम घर्तीमगर, मिना घर्तीमगर, दिलिप थापा, अनुसा थापा, बिशाल घर्तीमगर, शिशुमा अध्ययनरत विपीशा घर्ती, आयुस घर्ती, अविशेक घर्तीमगरलाई प्रदान गरिएको हो । ९ जना बालबालिकालाई ५५० प्रतिव्यक्ति ४९५० बराबरको स्टेशनरी प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री एवं प्रतिनिधी सभा सदस्य वर्षमान पुनमगरले विपत सबैलाई पर्ने बताउँदै सबैले सहयोग गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले आफूले व्यवसायी गरेको कमाईबाट अग्नी पीडितहरुलाई नगद तथा जिन्सी प्रदान गरेकोमा महासंघका अध्यक्ष विक एवं रोल्पा समाचारलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, रोल्पा काठमाण्डाँै संम्पर्क मञ्चका इन्चार्ज चित्रबहादुर घर्तीमगर, ‘गुलाफ, नेकपा (माओवादी केन्द्र) सुवर्णावती गाउँपालिका अध्यक्ष रत्नमहरा, केन्द्रीय आयोग समिति सदस्य पवन कुवर, सुवर्णावती गाउँ कार्यपालिका सदस्य तुलसी सुनार, सनस्टार साप्ताहिकका कार्यकारी सम्पादक नविन लोचन, पत्रकार नारायणकेसी लगायतको आथिथ्यता रहेको थियो ।
विश्वकर्माले रोल्पा अफसेट प्रेस तथा स्टेशनरी व्यवसायीबाट विद्यालय सञ्चालन, विभिन्न सामाजिक युवा क्लव तथा समूह, विपतमा परेकाहरुलाई सहयोग एवं राहत प्रदान गर्दै समाजिक सेवामा लाग्नुभएको छ ।

You may also like