आज रोल्पामा १३ जनामा कोरोना संक्रमित पुष्टि

आज रोल्पामा १३ जनामा कोरोना संक्रमित पुष्टि
असार २ गते
लिबाङ–रोल्पा

रोल्पा जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेको मानिसहरुको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षणबाट आज १३ जना मानिसमा नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित रिर्पाेट सार्वजनिक भएको छ । यस जिल्लामा विगतको तुलनामा अहिले भाइरसको भयावह अवस्था सिर्जना भएको छ ।
यस अस्पतालमा स्वाब परीक्षणको रिर्पाेट अनुसार रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र रोही नगरपालिकाको १० नं.वडामा १२ जना गरि १३ जनामा कोरोना संक्रमण रिर्पाेट सार्वजनिक भएको हो । सदरमुकाम र सो नजिकैको वडामा ९ जना पुरुष र ४ जना महिला गरि १३ जनामा कोरोना संक्रमण देखिएपछि सदरमुकाम लिबाङ बजारबासीहरु पनि आतंकित बनेको छन् । रोल्पा नगरपालिका ४ का वडा अध्यक्ष नवराज आचार्यका अनुसार गुरुङ गाउँका २५ वर्षीय पुरुष साउदीबाट आएर १४ दिन क्वारेन्टिनमा बसि घर गएका हुन् । साउदीमा पिसिआर जाँच गरेर आएका उनी घर गएपछि परिवार, गाउँघरमा घुलमिल गरेको भन्दै ट्रेसिङको पनि तयारी गरिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका वडा न. १० धवाङका २१ जनाको परीक्षण गरिएकोमा १२ जनामा मात्र संक्रमण देखिएको हो । पछिल्लो समय बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टिन राखेर पिसिआर परीक्षण बिना नै घर पठाउन थालिएपछि संक्रमणको जोखिम बढ्दै गएको छ । रोल्पा नगरपालिका ४ गुरुङगाउँका २५ वर्षीय पुरुष क्वारेन्टिनबाट घर गईसकेको र निजको गाउँघरमा घुलमिल बढि भएको भन्दै सो गाउँलाई सिल गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले शनिबार बैठक बसि गुरुङगाउँलाई सिल गर्ने सोच बनाएको बताउनुभयो । आज थपिएका १३ सहित जिल्लामा संक्रमितको संख्या ६६ पुगेको छ भने ४७ जना कोरोना भाइरस जितेर घर फर्किएका छन् । रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी.का अनुसार सबै संक्रमितलाई सदरमुकाम स्थित जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको आइसोलेसन केन्द्रमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

You may also like