राेल्पा जिल्लामा ८ जना मानिसकाे आरडिटी रिपाेर्ट पाेजेटिभ, पिसिआरकाे रिपाेर्ट आउन बाँकी

राेल्पा जिल्लामा ८ जना मानिसकाे आरडिटी रिपाेर्ट पाेजेटिभ, पिसिआरकाे रिपाेर्ट आउन बाँकी
जेठ, २१ गते
लिबाङ–रोल्पा


जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ । यस जिल्लामा आजसम्म ३५ हजार ७० जना मानिसहरुको सामान्य स्वास्थ्य परीक्षण भएको छ ।
यस जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा रहेका २३३ जना मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लाको विभिन्न स्थानहरुमा २ हजार ५७७ क्वारेन्टाइन वेड निर्माण भएको बताउनुभयो । हिजोसम्म जिल्लाको विभिन्न स्थानका क्वारेन्टाइनमा २ हजार ७३ जना रहेका थिए भने आज १४४ जना मानिसहरु थप भएका छन् । ति विभिन्न स्थानको क्वारेन्टाइनबाट आज १४९ जना मानिसहरु फिर्ता भएका छन् । क्वारेन्टाइनमा ५०९ महिला र १ हजार ५५९ जना पुरुष गरी २ हजार ६८ जना मानिसहरु रहेका छन् । क्वारेन्टाइनमा बसेका मानिसहरुको बसाई र खानाको व्यवस्थापन स्थानीयतहरुले गरिरहेका छन् । यस जिल्लामा हालसम्म २३ वेडको आइसुलेसन निर्माण भएका छन् । ति आइसुलेसनमा १ जना महिला भर्ना गरिएको छ । यस जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहेका ४५ जना मानिसहरुको स्वाब संकलन गरि हालसम्म २५ जना मानिसहरुको स्वाब परीक्षण भएका सबैको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमिट नभएको रिर्पाेट आएको छ । त्यसैगरी यस जिल्लामा हालसम्म ३०३ ओटा पिपिई सेट रहेको छ । यस जिल्लामा हालसम्म ४९६ जना मानिसहरुको परीक्षणबाट आरडिटी परीक्षण भई सबै जनाको भाइरस संक्रमित नभएको रिर्पाेट आएको छ । आजसम्म जिल्लाको विभिन्न स्थानका क्वारेन्टाइनबाट ८ हजार ६४५ जना मानिसहरु फिर्ता भएका छन् भने आइसुलेसनबाट आजसम्म २० जना मानिसहरु फिर्ता भएका छन् । हालसम्म यस जिल्लामा ८ जना मानिसहरूकाे आरडिटी परीक्षणबाट भाइरस संक्रमित (पोजेटिभ) रिर्पाेट आएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दाेरङ्गाले जानकारी दिनुभयो ।

You may also like