सुनिलस्मृति गाउँपालिकामा उपभोक्ता समितिलाई तालिम

सुनिलस्मृति गाउँपालिकामा उपभोक्ता समितिलाई तालिम

भाद्र २५ गते

सुलिचाैर राेल्पा ।

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको चालु आर्थिक वर्षमा सञ्चालन हुने स्वीकृत योजनाहरु समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समितिहरुलाई अभिमुखिकरण तालिम सञ्चालन भएको छ । यस तालिमले उपभोक्ता समितिलाई योजना समयमा सम्पन्न गर्न थप सहयोग पुग्ने भएको छ ।

This image has an empty alt attribute; its file name is 118187380_10158380201608955_3932570119328189637_n.jpg

यस गाउँपालिकाको केही वडाहरुका उपभोक्ताहरुलाई तालिम सम्पन्न भएका छन् भने केही वडामा तालिम हुँदै छन् । आ.व. २०७७÷०७८ को श्रावण ३१ गते पहिलो कार्यपालिकाको दोश्रो बैठकको निर्णयानुसार भाद्र १५ गतेसम्म उपभोक्ता समिति गठन, भाद्र मसान्तसम्म उपभोक्ता समितिहरुलाई तालिम, असोज १५ गतेसम्म योजनाहरुको प्राविधिक लागत स्टिमेट, योजना सम्झौता असोज मसान्तसम्म र निर्माण कार्य फागुन मसान्तसम्ममा सम्पन्न गरि भुक्तानी दिने निर्णायानुसार उपभोक्ता समितिहरुलाई तालिम दिन सुरु गरीएको छ । असारे विकास अन्त्यका लागि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्वाजले बताउनुभयो ।

You may also like