रोल्पामा राष्ट्रिय प्रतियोगिता– “देश निर्माणमा रोल्पा र रोल्पालीको भूमिका महत्वपूर्ण छ” सामाजिक विकास मन्त्री बराल

मानसिंह विश्वकर्मा
कात्तिक १ गते


सामाजिक विकास मन्त्री सुदर्शन बरालेले विगतको जनयुद्धमा आफ्नो जीवन बलिदान गर्ने नेपबहादुर केसी परिवर्तन लागायत देश र जनताको लागि जीवन आहुति दिने तमाम शहीदको बलिदानबाट मात्रै आजको नयाँ नेपाल बनेको बताउनुभयो ।
यस्तो कुरा प्रतियोगिताको उद्घाटन गर्दै “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित नेपाल मार्शल आर्टस हाप्किडो संघको सहयोगार्थमा र रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजना तथा परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनाका लागि सहिद स्मृति मार्शल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता–२०७६ परिवर्तन गाउँपालिका केन्द्र पुत्लाचौर रोल्पामा आज उद्घाटन गर्दै बताउनुभएको हो ।

उहाँले रोल्पा जिल्लाले समग्र देश निर्माणमा अहम भूमिका खेलेको बताउँदै रोल्पा जिल्ला र रोल्पाबासी सबै गौरवको विषय भएको बताउनुभयो । साथै नेपाली राजनीतिक क्रान्तिले नयाँ मोड लिनुमा रोल्पाले अगाडि बढाएको जनक्रान्तिको मार्गबाट अगाडि बढेको थियो ।
उहाँले नेपालमा समाजबादका राजनीतिक अगाडि बढेको बताउँदै राजनीतिक अस्थिरतालाई आर्थिक विकास समृद्धको लागि अगाडि बढेको बताउनुभयो । साथै रोल्पा जिल्लामा शिक्षा, स्वास्थ्य लगायतको विषयलाई आम नागरिको अधिकारको रुपमा अगाडि बढाउने बताउनुभयो ।


उहाँले नेपाली जनताको छोरीले घरकै आटो खाएर, प्राविधिक शिक्षा, हरेक नागरिकको स्वास्थय विमा र सुलभ स्वास्थ सेवा प्रदान गर्नका लागि लागि परेको बताउनुभयो । साथै विभिन्न पालिकाहरुमा खेलकुदको संरचना निर्माणका लागि लागि अगाडि बढेको बताउँदै यस वर्षमा पनि खेदकुद अगाडि बढाउने बताउनभयो । साथै उहाँले विद्यालयतहबाटै खेलकुदको विकासका लागि अगाडि बढाउनको लागि हरेक जिल्लामा एउटा नमुना विद्यालयमा खेल प्रशिक्षक राखेर अगिाडि बढाउने बताउनुभयो ।
साथै उहाँले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलमा विजेता प्राप्त गर्नेलाई सम्मान गर्ने संस्कार अगाडि बढाएको बताउनुभयो । बराले विगतमा खेलकुुदलाई पेशाको रुपमा अगाडि बढाउनको लागि अनुरोध गर्दै खेलकुदका खेलाडीहरुको लागि मात्रै नभएर विभिन्न देशमा भाइचारा निर्माण गर्ने, आर्थिक उत्पादनको लागि पनि अगाडि बढाएको बताउनुुभयो ।
पछिल्लो चरणमा नीजी क्षेत्रले पनि खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरणका लागि अगाडि बढाउँदै आगामी दिनमा खेलकुदमा क्षेत्रमा अगाडि बढाउनको लागि अुनरोध गनएुभयो ।
खेलकुदबाट सबैलाई देशको रक्षा र देश निर्माणमा जुत्नका लाग अनुरोध गर्दै कहिले पनि खेलकुद क्षेत्रको लगानी गर्ने
मन्त्री पुनमगरले परिवर्तन गाउँपालिकमा सञ्चालित नमूना, प्राविधिक शिक्षा, विद्यालयको गुणस्तर कायम गर्नका लागि अगाडि बढाउने प्रतिवद्धता समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै साथै परिवतृन गाउँपालिकाको स्वाथ्यको अवस्था सुधार वर्थिक सेन्टर निर्माण, युवा, महिला, दलितहरुको लागि पनि विकासका लागि आफू प्रतिवद्धता रहेको बताउनुभयो ।
उहाँले कृषि, विकास, पर्यटनको विकासका लागि अगागि बढाउनको लागि अगाडि बढ्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगरले खेलाडिहरुको विकासका लागि सरकार निरन्तर लागेको बताउनुभयो । उहाँले देशैभरीको खेलाडिहरुको आगमनले रोल्पा जिल्लाको प्रचार भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले गरेको योगदानप्रति सम्मान व्यक्त समेत गर्नभयो ।
कार्यक्रमका विशिष्ट अतिथि परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले देशैभरीमा खेलाडीको आमगनले परिवर्तन गाउँपालिकालाई नयाँ उचाईमा उठाउन सफल भएको बताउँदै आगामी दिनमा निरन्तर खेलकुद आयोजना गर्नुपर्ने बताउनुभो । उहाँले खेलकुद क्षेत्रमा पनि आपूलाई स्थापित गरी अगाडि बढ्का लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का कानून विभाग प्रमुख नारायण अर्याल, परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी रोाकामगर, जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नावय उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, राष्ट्रिय अनुसन्धान अधिकृत लक्ष्मण चौधरी, प्रमुख प्रशासकीय अधिकृति नन्दराम परियार, परिवर्तन गाउँपलिका वडा नं. १ का अध्यक्ष हरीप्रसाद बुढामगर, जिल्ला खेलकुद विकास समितिका संस्थापक अध्यक्ष कृष्णबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका प्रतिनिधि लोकेन्द्र घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका झग्गु प्रसाद घर्तीमगर, गुल्मी जिल्ला मुसिकोट नगर प्रमुख खुमबहादुर थापा, कराँते संघ रोल्पाका अध्यक्ष मोलङ घर्तीमगर, जिल्ला खेदकुद विकास समिति रोल्पाका कैलाश रोका, वरिष्ठ खेलाडी एलवी शाही लगायतको आतिथथ्यता रहेको थियो ।
कार्यक्रम कार्यक्रम संयोजक यमुना घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चिजबहादुर विश्वकर्माले गर्नुभएको थियो । साथै कार्यक्रममा अतिथि र खेलाडीहरुलाई स्वागत परिवर्तन गाउँपालिकाको अध्यक्ष शुकबहादुर बुढामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेपालका ७ प्रदेशबाट सहभागि भएका छन् । कार्यक्रममा आमा समूह, युवा समूह, विभिन्न झाँकी समूहले नृत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विगतको विभिन्न कालखण्डहरु एक दशक सशस्त्र द्वन्द्व, २०६२÷२०६३ को दोस्रो जनआन्दोलन लगायतका परिवर्तनकारी अन्दोलनहरुमा सहिद बन्नुभएकासहिदहरुको स्मृतिसँगै खेल क्षेत्रको विकास, विस्तारबाट समुन्नत राष्ट्र निर्माण अभियान सकार पर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको थियो । यस जिल्लामा यो प्रतियोगिता पहिलो पटक आयोजना हुँदैछ । कार्यक्रममा परिर्वन गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीलाई मानार्थ विशिष्ट सम्मान समेत गरिएको थियो ।

You may also like