रोल्पामा पनि मास्क प्रयोग नगर्नेलाई सङ्क्रमण रोग ऐन अनुसार कारवाहीको तयारी

रोल्पामा पनि मास्क प्रयोग नगर्नेलाई सङ्क्रमण रोग ऐन अनुसार कारवाहीको तयारी
चैत्र १३ गते

This image has an empty alt attribute; its file name is j1.jpg


जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा छिमेकी मुलक भारतमा कोरोना भाइरस १९ का सङ्क्रमण दर र मृत्यु दर दैनिक वृद्धि भइरहेको समयमा सर्तकता अपनाउन आज जनहितमा एक सूचना जारी गर्दै घर बाहिर निस्कदा मास्क प्रयोग नगर्नेलाई सङ्क्रमण रोग ऐन अनुसार कारवाही गर्ने सूचना जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरद्वारा हस्ताक्षर सूचनामा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने÷गराउने, व्यवसाय÷उपभोक्ता÷ग्राहकहरुले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने जस्ता जनस्वास्थ्य सम्बन्धि मापदण्को अनिवार्य रुपमा प्रयोग गर्ने÷गराउने, गोष्ठी, तालिम, सेमिनार, पाटी प्यालेस, मनरोञ्जन जस्ता जमघट हुने कार्य गर्दा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने र मास्क नलाउनेलाई सङ्क्रमण रोग ऐन बमोजिम कारवाही समेत प्रशासन कार्यालयले सम्बन्धित निकायलाई निर्देशन समेत गरेको छ । पछिल्लो समयमा छिमेकी मुलक भारत र ठूला शहरमा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर दैनिक वृद्धि भइरकेकोले प्रत्येक नागरिक आफ्नो ठाउँमा सजक बन्न जरुरी छ ।

You may also like