वडा कमिटी पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न

कोर्चाबाङ रोल्पा
असार ३, रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका–६ नम्बर वडा कोर्चाबाङ रोल्पा कमिटीको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । सपथ ग्रहणले वडा कमिटीले पूर्णता पाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. प्रदेश सदस्य तथा रोल्पा जिल्ला कमिटी सचिव हरि प्रसाद घर्तीले वडा कमिटी अध्यक्ष कमन बुढामगर सहित 29 जना वडा कमिटी पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । उहाँले पार्टीलाई एक जुट भई अघि बढाउन र टोल–टोलमा कमिटी निर्माण गर्न समेत निर्देशन दिनुभयो । वडा कमिटी पदाधिकारीहरलाई टोल–टोलमा पुगेर पार्टीको नीति निर्देशनसँगै जनताको भावना अनुसार काम गर्न निर्देशन प्रमुख अतिथि घर्तीले दिनुभयो । त्यसैगरी कार्यक्रममा माडी गाउँपालिका कार्यालय रोल्पाको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले सरकार र पार्टी बीचको सम्बन्ध नै वास्तविक विकासको मार्ग तय गर्ने भएकोले सोही अनुसार गाउँपालिकालाई सल्लाह सुझाव र मार्ग निर्देशको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी रोल्पाका सदस्य प्रेम बहादुर घर्ती, बिजय घर्ती, सोही वडा अध्यक्ष एंव जिल्ला सदस्य खर्क बहादुर पुन लगायतको आतिथ्यता थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका सचिव मोहन वलीले गर्नुभएको थियो ।

You may also like