एमालेबाट रोल्पामा गोकुल घर्ती लड्ने चुनावमा देशभक्त, वामपन्थीसँग तालमेल हुन सक्छः घर्तीमगर

मानसिंह बिश्वकर्मा
असोज १६
नेकपा (एमाले) पोलिट व्यूरो सदस्य गोकुल घर्तीमगर रोल्पाबाट प्रतिनिधी सभामा चुनावी मैदानमा उत्रिने भएका छन् । आज घर्तीले पे्रस चौतारी रोल्पाको आयोजनामा नेकपा (एमाले) पार्टी कार्यालय रोल्पामा भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो ः‘ म नै लड्छु, पार्टी स्थायी कमिटीले निर्णय गर्न मात्रै बाँकी छ, त्यो मलाई नै टुङ्गो लगाउँछ ।”
घर्तीमगरले देश व्यापी रुपमा एमाले पहिलो शक्ति बन्ने दावी गर्दै त्यसका लागि देशभक्त र वामपन्थीहरुसंग तालमेल गर्न सकिने गरी पार्टीको निर्णय भएको समेत बताउनुभयो । विद्यार्थी राजनीतिबाट राजनीतिमा आवद्ध भएका घर्तीमगर हाल समानुपातिक सांसद समेत रहनुभएका छ ।
उहाँले रोल्पामा जनताको सेवा गर्ने इच्छा समेत रहेको जानकारी गराउँदै अब केही दिनमै प्रदेश सदस्य र समानुपातिक उमेदवारहरुको नाम समेत तय गरेर केन्द्रमा पठाउने बताउनुभयो ।
उहाँले संविधानसभाभन्दा बाहिर रहेका नेकपाका कार्यकर्ताहरुले पनि नयाँ नेपाल लिनका लागि योगदान गरेको बताउँदै संविधानबाट गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक सँस्थागत भइसकेकोले गर्दा अब खुल्ला राजनीतिमा आउनको लागि आग्रह गर्नुभयो ।
उहाँले वामपन्थीहरुको अन्तिम लक्ष्य भनेको समाजवाद, साम्यवाद भएकाले नेपालमा प्रजातान्त्रिक शक्ति र बाम पन्थीहरु धु्रवीकरणको आवश्यकता अनिवार्य एकता हुनुपर्ने बताउनुभयो ।
५ नं. प्रदेशको सदरमुकाम विभिन्न स्थानमा चर्चा भइरहेको बेलामा घर्तीमगरले ५ नं. प्रदेशको राजधानी दाङ घोराही नै हुने ठोकुवा गर्नुभयो ।
रोल्पाबाट प्रतिनिधी सभाको लागि माओवादी केन्द्रबाट वर्षमान पुनमगर र एमालेबाट गोकुल घर्ती चुनावी मैदानमा उत्रिने भएका छन् भने नेपाली कांग्रेसको पनि आजै टुङ्गो लगाउनको लागि बैठक जारी रहेको छ ।
एमालेबाट प्रदेश र समानुपातिकमा जिल्ला अध्यक्ष हरी घर्तीमगर, प्रदेश संगठन विभाग सदस्य कुमार दशौदी, राजकुमार कक्षपति, पृथ्वी प्रसाद रोकामगरको नाम चर्चामा रहेको छ ।

You may also like