रोल्पा नगर प्रमुख र उपप्रमुखको १० वर्षको नयाँ सपना

मानसिंह बिक
२०७४ असार २४
रोल्पामा स्थानीयतहको निर्वाचन सम्पन्न भएपछि रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट नगर प्रमुखको उमेद्वार पुर्ण केसी ‘करेन्ट’ र नगर उपप्रमुख मनकुमारी घर्तीमगर रोल्पा नगरपालिकामा विजयी बन्नुभयो । उहाँहरुले पदभार ग्रहण गर्दै नीति तथा कार्यक्रम एवं निर्णय गर्नुभएको छ । १० वर्ष भित्र रोल्पा नगर, एक घर एक रोजगारको नीति तथा कार्यक्रम घोषणासंगै उहाँहरुले पहिलो महत्वपूर्ण निर्णय रोल्पा नगरपालिका बासी प्राविधिक शिक्षा अध्ययन गर्न चहाने १ सय जना युवाहरुलाई छात्रबृतिको व्यवस्था गर्ने कार्यक्रम घोषणा गरी लागु गर्न निर्णय गर्नुभएको छ ।
रोल्पा नगर प्रमुख पुर्ण केसीले पदभार ग्रहण कार्यक्रममा बोल्दै भन्नुभयोः–“ १० वर्ष भित्र रोल्पा नगर, एक घर एक रोजगारको नीतिलाई कार्यन्वयन गर्नेछौँ, रोल्पा नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने, स्मार्ट सिटी, नमूना नगरपालिका बनाउनको लागि यो हाम्रो पहिलो कार्यक्रम प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने हो । यसलाई अझै निरनतरता दिनेछौँ । ”
यसैगरी उप्रमुख मनकुमारी घर्तीमगरले सहज रुपमा जनतालाई न्यायसेवा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“मैले जनताको लागि सधै काम गर्नेछु । सधै जनतालाई सहजरुपमा न्याय प्रदान गर्नेछु । यसमा सबैको सहयोगको अपेक्षा गरेको छु । ”
यसैविगतको समयमा प्राविधिक विषय अध्ययनको निम्ती सहयोगी निकाय नपाउँदा धेरै क्षमता विद्यार्थीहरु प्राविविधक विषय अध्ययन गर्नबाट बञ्चित भइरहेको बेला यस आर्थिक वर्षदेखि रोल्पा नगरपालिकाले विभिन्न प्राविधिक विषयमा एक सय जना विद्यार्थीलाई प्राविधिक विषयको अध्ययनको लागि आर्थिक सहयोग गर्ने व्यवस्था गरेको हो ।
पहिलो कार्यक्रम युवा तथा बिद्यार्थीहरु लक्षित जिल्लाका धेरै विपन्न, गरीव, जेहेन्दार विद्यार्थीहरुले एस.एल.सी वा एस.ई.ई परीषामा उत्कृष्ट स्थान हाँसिल गरेता पनि आर्थिक कै आभाव कारण प्राविधिक तथा माथिल्लोतह अध्ययन गर्नबाट बञ्चित भएका युवा तथा विद्यार्थीहरु लाभाविन्त हुनेछन् ।
यसै आर्थिक वर्षदेखि भने ति विपन्न, गरीव तथा जेहेन्दार विद्यार्थीहरुले प्राविधिक विषय अध्ययनको अवसर पाएका छन् । नगरपालिकाले सबै क्षेत्रलाई समट्ने गरी विपन्न, गरीव, दलित, जेहेन्दार, घाईते अपाङ्ग, द्वन्द्व पीडितका छोरा छोरी, आदीवासी जनजाति, महिला र खुला तर्फबाट गरी ओभरसियर पदका लागि १५ जना, सब ओभरसियरकाह लागि २० जना, सि.एम.ए.का लागि २० जना, अनमीका लागि १५ जना, जेटिए कृषितर्फ १५ जना, जेटिए भेटेनरी तर्फ १५ जना गरी एक सय युवाहरुका लागि प्राविधिक बिषयको अध्ययनको ब्यवस्था गरेको हो । रोल्पा नगरपालिकामा भर्खरै सम्पन्न भएको स्थानीयतहको निर्वाचनबाट रोल्पा नगरपालिकाको प्रमुख तथा मेयरमा निर्वाचित हुनुभएका पुर्ण के.सी.ले नगरपालिका भित्र रहेका युवाहरुलाई लक्षित गरेर यो प्राविधिक बिषयको अध्ययन गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ । उक्त फारम नगरपालिका भित्रका १० वटा वडाहरुबाट यो फारम बितरण भईरहेको जानकारी दिनुभएको छ ।
नगरपालिकाको व्यवस्थामा एक सय जना विद्यार्थीहरुले प्राविधिक विषयको अध्ययन पश्चात् विद्याार्थीहरुले सहजै रोजगारी प्राप्त गर्न सक्नेछन् । एस. एल.सी वा एस. ई. ई पास गरेका विद्यार्थीहरुले फाराम भर्न सकिने नगरपालिकाका कार्यकारी अधिकृत कमानसिह थापामगरले बताउनुभयो । प्राविधिक बिषय बढीसकेपछि नगरपालिकाले आफैं रोजगारीको समेत सृजना गर्ने उहाँले बताउनुभयो । आगामी १० वर्ष भित्र नगरपालिकामा एक घर एक रोजगारीको सृजना गर्ने उद्वेश्यका साथमा महत्वपुर्ण योजना अघि ल्याईएको नगरपालिकाका प्रमुख पुर्ण के.सी.ले बताउनुभयो । उहाँले अबको १० वर्ष भित्रमा कुनै पनि घरमा पढेलेखेका युवाहरु वेरोजगार नहुने समेत बताउनुभयो । विद्यार्थीको योग्यता अनुसारको रोजगारीकोे सृजना गर्नेमा उहाँले जोड दिनुभएको छ । प्राविधिक विषयको अध्ययनका लागि भौतारिरहेको विद्यार्थीहरूले निर्धारित समयमा नगरपालिकाको १० ओटै वडाहरुमा सम्र्पक गरी फारम भरी समयको मौका उठाई आफ्नो जीवनको सुनिचित गर्ने समेत नगरपालिकाका प्रमुख के.सी. सबै विद्याथीहरुमा अनुरोध समेत गर्नुभएको थियो ।
रोल्पा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु विजयी भइसकेको पछिको पहिलो र युवा तथा विद्यार्थीहरुको जीवन स्तरमा नयाँ परिवर्तन लिने कार्यक्रम झै अन्य कार्यक्रमहरु पनि रोल्पा नगरवासीको जीवन स्तरमा परिवर्तन लिने कार्यक्रम हुन सक्ने विश्वास गरिएको छ ।

You may also like