कमाउन खोजेको भए १० होइन ३० करोड सम्म हुन्थ्यो होला अमरसिंह पुनमगर

 

मानसिंह बिक

असोज १६ रोल्पा

सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरले आफूहरुद्वारा कर्मचारी सरुवामा आर्थिक चलखेलको गरेको निराधार भएको बताउनुभएको छ । उहाँले भन्नुभयोः–“मलाई सुख सुविधाको लागि राजनीतिक जीवनभन्दा मेरै अन्य व्यवसायीबाट गर्न सक्थ्ये तर मैले जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको हुँ त्यसैले मलाई कुनै लोभ छैन ।”
सोही प्रसंगमा पुनमगरले भन्नुभयोः–“कर्मचारीहरुले मन्त्रीहरुलाई किन्ने चलन रहेछ, राम्रो स्थानमा बस्न चहाने मानिसले पैसामा राम्रो स्थानमा मात्रै रोज्दा रहेछन्, हामीले त्यो पद्धतिलाई भत्काउनको लागि सरुवाको लिष्ट तयार गरेका थियौँ, १० करोडको हल्ला भयो, यदी हामीले चाहेको भए त्यहाँ १० करोड होइन, २५ देखि ३० करोड सम्म हुन्थ्यो, तर हामीले त्योे सँस्कारलाई रोक्न खोजेका हौँ, १० पैसा लिएको कसैले प्रमाण–फेला पारेमा म जीन्दगीभरीलाई राजनीति गर्दैन ।”
यस्तो विचार नेपाल प्रेस युनियन रोल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा रोल्पाको लिबाङमा बताउनुभएको हो ।
उहाँले रोल्पा जिल्लाबाट सिचाई राज्य मन्त्री भएको बेलामा केही त्यस्तो नयाँ काम केही गर्न नसकेपनि सकरात्मक रुपमा काम गर्ने बताउनुभयो । साथै उहाँले नयाँ काम गर्नका लागि आचारसंहिताले रोकेकोले केही काम गर्न कठीन परेको बताउनुभयो ।

नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहनुभएका पुन रोल्पा जिल्लाबाट आफूलाई नै पार्टीका कार्यकर्ताहरुले प्रतिनिधी सभाका लागि उमेदवार दिनका लागि गरेको समेत बताउनुभयो । प्रदेश सभाषद् र समानुपातिक तर्फको उमेदवार टुङ्गो लाग्ने बताउनुभयो ।
राज्यमन्त्री पुनमगरले तराई डुवानको समस्या हल गर्नका लागि भारत र नेपालको बीचमा कुतनैतिक ढंगबाट समस्या हल गर्नुपर्ने बताउनुभयो ।
पत्रकारहरुले सोधिएको जिज्ञासामा तालमेल सरकार गठबन्धनकै सँग भएमा राम्रो हुन बताउँदै जे गर्दा फाइदा हुन्छ त्यसरी अगाडि बढेमा राम्रो हुने समेत बताउनुभयो । तर रोल्पामा सत्ता साझेदारीले मित्र शक्तिको रुपमा स्वीकार नगरेमा रोल्पाको अर्काे पक्षसँग पनि सहकार्य हुन सकिने बताउनुभयो ।
रोल्पाबाट प्रतिनिधि सभाको लागि सोही अमरसिंह पुनमगर, कृष्णबहादुर घर्तीमगर, सुरेन्द्र हमाल लगायतको चर्चा रहेको छ । प्रेस यूनियन रोल्पाको अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने तेजु विष्टले सञ्चालन गर्नुभएको थियो ।

You may also like