रोल्पा माडी महोत्सवको तयारी तीब्र

खुविना सुनारीमगर
लिबाङ,रोल्पा
रोल्पा समाचार साप्ताहिकमा २०७३ साल पुस २४ मा प्रकाशित
रोल्पा जिल्लाको माडीचौरमा माघी सकरातीको अवसरमा “मौलिक संस्कृतिको प्रवद्र्धन, खेलकुद विकास र सम्वृद्ध निर्माणको अभियान” अभियान भन्ने मूल नाराका साथ रोल्पा माडी साँस्कृतिक तथा खेलकुद महोत्सव–२०७३ को विभिन्न तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने माडी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले गर्नुहुने भएको छ ।
मूल आयोजक समितिका संयोजक दीपेन्द्र कुमार पुनमगरले महोत्सवलाई भव्य तथा सान्दार ढंगले सम्पन्न गर्नका लागि सबै तह, निकायमा छलफल भइ हाल तयारी पूरा भइ सकेको बताउनुभएको छ । महोत्सवमा आउने अतिथिहरु, अतिथिहरुको सुरक्षा, फुटवल, महिला पुरुष भलिबल लगायत, व्याडमिन्टन, टेवुल टेनिस लगायतको जिम्मेवारीसमेत दिइएको जानकारी संयोजक दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो । यस्तै स्थल बुकिङ, सास्कृतिक झाँकीहरुको तयारी समेत भएको आयोजक सदस्य एवं रम्जावेशी युवा क्लवका अध्यक्ष सोमबहादुर घर्तीमगरले बताउनुभयो । यसै गरी सम्पूर्ण मिडियाहरुमा सूचना प्रशारण, प्रकाशन, पत्रचार, लगायतको तयारी पनि अन्तिममा पुगको मिडिया संयोजक मानिसंह बिकले बताउनुभयो । यसैगरी प्रतियोगिताका लागि पनि खेलकुद तर्फ रम्जाबेशी युवा क्वलका अध्यक्ष सोमबहादुर घर्तीमगर, माडी जलजला युवा क्लवका अध्यक्ष धुव्रचन्द्र पुनमगर, दोहरी गीत तथा गायन प्रतियोगिताका लागि राष्ट्रिय लोक दोहरी प्रतिष्ठान रोल्पाका अध्यक्ष खवपु चञ्चल, कोषाध्यक्ष अध्यक्ष अशोक वली ‘परिवर्तन, नृत्यका प्रतियोगिताका लागि सुनछहरी कलाकेन्द्रका अध्यक्ष दीपीन थापा लगायत कलाकेन्द्र, गजल प्रतियोगिताका लागि ललित साहित्य परिषद् रोल्पाका उपाध्यक्ष नविन लोचनमगर लगायतका परिषद् साथीहरुलाई जिम्मेवारी प्रदान मिडिया संयोजक मानसिंह बिकले जानकारी गराउनुभयो । यसैगरी व्याडमिन्टनका लागि रोल्पा जिल्ला व्याड मिन्टन संघका अध्यक्ष बेगम हमाल लगायत संघ, टेवुल टेनिस रोल्पाका अध्यक्ष याम गुरुङ लगायत टेवुल टेनि संघ रोल्पा, यातायातका लागि रोल्पा जिल्लामा सञ्चालन तिन वटै समिति तथा प्रा.ली. सहित छलफल भएको समेत समितिका संयोजक दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो । यसैगरी प्रचार प्रशारका लागि थबाङ, कुरेली, मिरुल, राङ्कोट, वागमारा, तालाबाङ, घर्तीगाउँ, कोर्चाबाङ, टिला, नुवागाउँ, होलेरी, माडीचौर, सुलिचौर, खुंग्री लगायतका स्थानमा प्रचार व्यानर, पोष्टरिङ समेत भएको मिडिया संयोजक मानसिंह बिकले बताउनुभयो ।
रोल्पाको माडीचौरमा माघ १ गतेदेखि खेलकुद शुरु हुने महोत्सवको उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनमगर २ गते ११ बजे माडीचौरमा आउनु हुने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहनेछ । रोल्पा जिल्लाको स्थानीय साँस्कृतिकलाई प्रोत्साहन गर्नका लागि नै महोत्सव आयोजना गरिएको हो । विगतदेखि आयोजित माडीचौर महोत्सव कसले आयोजना र कसको नेतृत्वमा भयो भन्ने गौण प्रश्न हो तर पनि रोल्पा जिल्लाको विकास निर्माणमा माडीचौर महोत्सवको योगदान अतुलनीय रहेको भने कसैको सामू छिपेको छैन ।

You may also like