कोरोना विरुद्धको बर्ष बनोस्–२०७७ नेकपा राेल्पाका अध्यक्ष थापाकाे विश्वास

रोल्पा समाचारदाता
२०७७ बैशाख १


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले कोरोना सिंगो मानव समुदायको साझा दुश्नम भएकोले त्यसका विरुद्धमा लड्न सबैलाई आह्वान गर्नुभएको छ । सोमबार विहान नयाँ वर्ष २०७७ को अबसरमा शुभकामना व्यक्त गर्न जारी गर्नुभएको प्रेस विज्ञप्तीमा मार्फत साझा दुश्नम भएको बताउनुभको हो । े


सुरेन्द्र थापा (धुव्र) द्वारा सोमबार जारी बक्तव्यमा भनिएको छ ः–‘नववर्ष २०७७ सालको सुखद आगमनको शुभअवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी रोल्पाको तर्फवाट सर्वप्रथम यतिखेर जिल्लाभित्र वा बाहिर रहनु हुने सबै तह र तब्काका सम्पूर्ण आदरणीय बुबा–आमा, दिदि, बहिनी, दाजु, भाई, राजनीतिकर्मी कर्मचारी, राष्टसेवक, सुरक्षाकर्मी, उद्योगी, व्यापारी, व्यावासयी, नागरिक समाज, पत्रकार, शिक्षक, विद्यार्थी, आम जनसुमदायमो शु–स्वास्थ्य दीर्घायू, समृद्धी उन्नतीको कामना ब्यक्त गर्दछु ।’
उहाँले २०७६ सालको अन्तिम समय अति दुखदायी बनेको भन्दै उक्त विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ‘साथै यतिबेला सिंगौ मानव समुदाय कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको छ । यो महामारीका विरुद्धमा हामी सबै सचेत ढंगलेले लड्न जरुरी छ । हाम्रो एकताले नै कोरोना विरुद्धको लडाई जित्न सकिन्छ । त्यसैले हामी सबै सिंगो मानवहरुको साझा दुश्मन कोरोना भाईरस “कोभिड–१९” बिरूद्वको लडाईमा रोल्पाली जनतालाई र आम मानव समुदायलाई २०७७ मा सफलता मिलोस् भन्दै सबैको उत्तरोत्तर उन्तति र प्रगतिको हार्दिक शुभ कामना समेत ब्यक्त गर्दछु ।’ यो विरुद्धमा सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभएको छ ।

You may also like